दयाराज न्यौपाने
पाल्पा तानसेनमा जारी दोस्रो तानसेन महोत्सव २७ गते राती आएको हावा हुरी र पानीले प्रभावित पारेको छ । हावा हुरी र पानीकारण १ करोड भन्दा बढीको क्षति भएको एभरेष्ठ इभेन्ट मेनेज्मेन्टका राजवीर जैसवालले बताउनु भयो । हावा हुरीका कारण स्टेज सहित स्टलहरु भत्तकेका छन् भने एलिडी समेत फुटेको छ । हावा हुरीका महोत्सव स्थल भत्किएको र हिलोका कारण मेला सञ्चालन गर्न केही दिन लाग्ने आयोजक संस्था पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले बताउनु भयो । सबै स्टलहरू र मञ्च मर्मत गरिसकेपछि मात्र पुनः महोत्सव सञ्चालन गरिने अध्यक्ष कार्कीले बताउनु भयो ।


काठमाडौँ बाट मेलामा लत्ताकपडा बेच्न भन्दै आएका व्यवसायी सुजन तामाङले करिब ५ लाख रुपैंयाको सामग्री बिग्रिएको बताउनु भयो । “२÷४ पैसा कमाउँला र परिवार पालौँला भनेर आएको । यो दुर्गति भयो ।” उहाँको दुखेसो थियो ।


महोत्सव स्थल भित्र भएका सबैजसो स्टलहरू भत्किएका छन् । सामग्रीहरू हावाले उडाएर लथालिङ्ग बनाएको छ । धेरैजसो सामग्रीहरू पानीले भिजेर काम नलाग्ने भएको तामाङले बताउनु भयो ।


तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले आयोजक संस्थालाई परेको नोक्सानीले दुखित बनाएको बताउनु भयो । उहाँले यही वैशाख ३ गते सम्म मेला सञ्चालन गर्ने अनुमति दिएको र प्राकृतिक विपत्तिका कारण अप्ठेरो भएको हुँदा आवश्यक परेमा कार्यपालिकामा छलफल गरेर समय थप गर्ने योजना बनाएको बताउनु भयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी सहित सुरक्षा निकायले निरिक्षण समेत गरेर गर्नुभएको थियो । मर्मतमा सुरुक्षा निकायको समेत सहयोग रहेको थियो । भने प्रतिनिधि सभा सदस्य ठाकुर गैरे,प्रदेश सभास सदस्य वीर बहादुर राना सहित राजनीतिदल संघ संस्थाका प्रमुख हरुले समेत निरिक्षण गर्नुे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0