दयाराज न्यौपाने
पाल्पा बैशाख ७ नेपाल निजामती कर्मचारी संगठन पाल्पाले आयोजना गरेको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

“संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान“ भन्ने मुल नाराका साथ नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित नेगो कप२०८२ अन्तर्गत प्रतियोगितामा पाल्पामा ३३ टीमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा माथागढी गाउँपालिकाका टीम ‘ए’का विक्रम गंरजा र ओमन थापा दर्लामीको जोडी प्रथम भए भने पूर्वखोला गाउँपालिकाका झविनकुमार पल्ली मगर र दिपक कवरको जोडी द्धितीय भए ,भने कारागार पाल्पाका हरीबहादुर आले र यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका शिव पोडेल,विद्युत प्रधिकरण पाल्पाका गुनबहादुर सारु र कृषि सामग्री कम्पनी लिमिटेडका बिशाल भण्डारीको जोडिले तृतीय स्थान हासील ग¥यो ।विजेता खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गदै प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका लुम्बिनी प्रदेश सह ईन्चार्ज नारायणप्रसाद भण्डारीले कर्मचारी संगठन नेपालकै पहिलो भएको र कर्मचारीको हकहितमा निरन्तर काम गरेको उलेख गर्नुभएको छ । उहाँले कर्मचारीको पक्षमा वकालत गदै सरकारलाइ संघीय निजामती ऐन ल्याउन दवाव दिन केही दिनमै आन्दोलनको तयारी गरेको उल्लेख गर्नुभएको छ उहाँले पाल्पाको कर्मचारी संगठनले गरेका रचनात्मक कार्य पं्रसशनीय रहेको समेत उल्लेख गर्नुभएको छ ।

कर्मचारी संगठको ३५ औं स्थापना दिवसका अवसर पारेर संगठनले ५,६ र ७ गते विबिध कार्यक्रम गर्र्ने निर्णय अनुसार कर्मचारीहरु बीच पुरुष डवल व्याडमिन्टन प्रतियोगिता गरिएको निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष भोजबहादुर रानाले बताउनु भयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य युवराज ज्ञवाली,निजामती कर्मचारीहरुको आधिकारीक टे«्ड युनियन पाल्पाका अध्यक्ष मजोज आचार्य लगायतले जनताको सेवकको रुपमा निरन्तर लागेको बताउनु भएको छ । कार्यक्रममा कर्मचारी संगठनका प्रदेश सदस्य गौरव नेपाली,केन्द्रीय प्रतिनिधि सीता रानालगायत बिभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । नेपाल निजामती कर्मचारी संगठनको प्रतेक वर्ष बैशाख ७ मा दिवस मनाउने गरिन्छ । ब्याडमिन्टन प्रतियोगिताको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले उद्घाटन गर्नुभएको थियो । ब्याडमिन्टन प्रतियोगितामा प्रथम र द्वितिय र तृतीय हुनेलाई क्रमश नगद १० हजार र ७ हजार र ३्३ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक धनबहादुर रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थालाइ सहयोग गरेका संघ संस्था तथा व्यक्तिहरुलाइ मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । पुरस्कार वितरण समारोह नेपाल निजामती कर्मचारी संगठनका सचिव गोपाल न्यौपानेको संचालनमा चलेको हो ।























