दयाराज न्यौपाने
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बगनासकाली गाउँकमिटीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७६ औँ वर्षका अवसरमा आज (मङ्गलबार) अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् बगनासकाली इन्चार्ज टीकाबहादुर थापाले नेकपा देखि पार्टीका हाल सम्म भएका अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नु भएका नेताहरुको चर्चा समेत गरिएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु हरिप्रसाद पाठक, ढकेश्वर बस्याल, ओमप्रकाश गैरे, बिमला बस्याल, धर्मागत अधिकारी, मुक्तिराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रम एमाले बगनासकाली गाउँ कमिटि उपाध्यक्ष गीता रेग्मीको स्वागत, सचिव प्रकाश न्यौपानेको संचालन र गाउँ कमिटि अध्यक्ष डेन्जिङ रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0