दयाराज न्यौपाने
पाल्पा बैशाख ९ ÷नेकपा एमालेका नेता स्व दयाराज बस्यालको स्मृति प्रतिष्ठान बनाउने तयारी भएको छ । कम्युनिष्ठ आन्दोलनमा पु¥याएको योगदानको चर्चा गदै कम्युनिष्ट योद्धाका रूपमा सम्मान गदै दयाराज बस्याल स्मृति प्रतिष्ठान बनाउने गरि छलफल गरिएको नेकपा एमाले प्रदेश सदस्य टीकाबहादुर थापाले बताउनु भयो । दयाराज बस्याल स्मृति प्रतिष्ठान गठन गर्ने कार्ययोजना सहित गाउँकमिटी अध्यक्ष डेन्जीङ रायमाझीको संयोजकत्वमा समिति समेत निमार्ण गरि काम सुरु भएको छ । मंगलबार नेकपा एमाले गाउँ कमिटीले आयोजना गरेको नेकपाको ७६ औँ स्थापना दिवस कार्यक्रममा उक्त निर्णय भएको अध्यक्ष डेन्जीङ रायामाझीले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला सदस्य हरिप्रसाद पाठकले स्मृति प्रतिष्ठानले दयाराज बस्यालको स्मृति ताजा राख्ने आदर्शहरूलाई पछ्याएर उहाँको सम्झना ताजा बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।


बस्याल शिक्षक संगठनको नेतृत्वमा रहदा तत्कालीन सरकारले उहाँलाइ बरखास्त गरेको थियो तर पनि कुनै बिचलन नभै उहाँ निरन्तर राजनीतिमा लाग्नु भयो । पटक–पटक जेल जीवन बिताएका बस्याल ०४३ सालमा जनपक्षिय राष्ट्रिय पञ्चायतको सदस्य, ०४८ सालमा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर २ बाट संसद् उम्मेदवार हुनुभएको थियो । तर,उहाँ संसदमा भने पराजित हुनुभएको थियो ।
उहाँ २०५४ सालमा नेकपा एमालेको पाल्पा जिल्ला सचिव हुनुभएका बस्याल एमालेको तर्फबाट २०७४ सालका स्थानीय निर्वाचनमा बगनासकाली गाउँपालिका–६, यम्घाको सदस्यमा निर्वाचित भई पछि जिसस प्रमुख हुनुभएको थियो । प्रमुख भएकै समयमा ६८ वर्षको उमेरमा २०७६ मंसीर ५गते उहाँको निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0