दयाराज न्यौपाने
पाल्पा बैशाख १३÷ पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरणसम्बन्धी पालिकास्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा नसर्ने रोगहरूको विषयमा सहजीकरण गर्दै पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव प्रसाद बस्यालले नसर्ने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यसको रोकथाम तथा नियन्त्रण आवश्यक रहेको बताउनुभयो । उहाँले धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक क्रियाकलाप र मध्यपानको प्रयोगले ती रोगले सताइरहेको भन्दै जीवनशैलीमा परिवर्तन गर्न नागरिकलाई बारम्बार झक्झकाइरहनु पर्ने बताउनुभयो । समयमै नसर्ने रोगको पहिचान गरी उपचार गर्न सके यी रोगको रोकथाम गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘पहिलो कुरा हरेक नागरिकले स्वास्थ्य परीक्षण गर्नु आवश्यक छ ।’’ निमत्ति प्रमुख बस्यालले पछिल्लो समय लगभग ७० प्रतिशत जनसंख्याको मृत्यु नसर्ने रोगको सक्रामकका कारण भएको उल्लेख गर्नुभयो । उहाँले ३० देखि ६९ वर्ष उमेर समूहका मानिसको यसैका कारण अकालमा मृत्यु हुने गरेको बताउनु भयो । उहाँले आयुर्वेद चिकित्सा विज्ञानले मुलत व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोगपचारमा ध्यान दिने गरेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जनताको स्वास्थ्य सबैभन्दा ठुलो बिषय भएको बताउनु भएको छ । उहाँले पछिल्लो समय देखा परेको नसर्ने रोगले भयावह बनाउन थालेको प्रतेक घर टोलमा दीर्घ रोगीको संख्या बढ्दो दरमा गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो स्वास्थ्य आफै ध्यान दिनुपर्नेमा समेत जोड दिनुभएको थियो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बगनासकालीमा गत वर्षको तुलनामा २० प्रतिशतले नसर्ने रोगको दर बढेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा स्वास्थ्य मन्त्री कार्यक्रम अन्र्तगत मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ सुरु भएको कार्यक्रम अन्र्तगत पाल्पाका १० वटै स्थानीय तहमा आभिमुखीकरण कार्यक्रम गर्ने क्रममा रहेको निमित्त प्रमुख माधव प्रसाद बस्यालले बताउनु भयो ।


पाल्पा आयुर्वेद स्वास्थ्य केन्दका डा. हौसला धितालले नसर्ने रोग सहित सर्ने रोगको पनि उत्तिकै जोखीम रहेको उल्लेख गदै उहाँले भन्नु भयो, ‘व्यक्ति स्वस्थ हुनका लागि स्वस्थ जीवनशैली र आहारविहार सहित योग र जीवनशैलीको खाँचो रहेको छ । जनप्रतिनिधि,कमृचारी,संचारकर्मी,विद्यार्थी,महिला स्वास्थ्य स्वय सेविका शिक्षक लगायतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रम पाल्पा आयुर्वेद स्वास्थ्य केन्दका यज्ञ प्रसाद गैरकोे स्वागत मन्तव्य र शरिता केसी गोदारको संचालन चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0