पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा आइतबार राती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार लु१ज २३७७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनु भयो ।
सर्वोत्तम सिमेन्टको खानी रहेको नजिकै क्षेत्रबाट जिप १५० मिटर तल खस्दा स्थानीय दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मल्लले जानकारी दिनुभयो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्। उनिहरुको तानसेन मिसन अस्पतालमा उपचार भैरहेको छ ।डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमाय भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




















