दयाराज न्यौपाने
पाल्पाबैशाख १५ -बगनासकाली गाउँपालिकामा पालिका स्तरीय क्षयरोगको अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।


समीक्षा कार्यक्रममा प्रत्येक संस्थाका स्वास्थ्य कर्मिहरुवाट टोलटोलमा गई सम्भावित क्षयरोगिहरुको सक्रिय खोज पर्ताललाइ निरन्तरता दिने तथा बगनासकाली गाउँपालिकाको ४ खानीछाप र ६ यम्घामा बिशेष अभियानको रुपमा खोज पर्ताल गरि खकार परीक्षण गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा गएको ६ महिनामा बगनासकाली गाउँपालिका भित्र सञ्चालन भएको क्षयरोग कार्यक्रमको विश्लेषण गरिएको थियो । बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ निरीक्षक विश्वनाथ न्यौपानेले सहजीकरण गदै रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिएर लागेको उल्लेख गर्नु भएको थियो ।
टोलटोलमा स्वास्थयकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट क्षयरोगीहरुको खोजि, पहिचानमा तिब्रताको साथ काम हुने गरे पनि स्थानीयको समेत सहयोग आवस्यक रहने बताउनु भयो उहाँले भेटिएका सबैलाई उपचारको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0