गोपालप्रसाद वश्याल
तानसेन, बैशाख २० विश्वविद्यालय अनुसन्धान आयोगको सहयोग र अनुसन्धान व्यवस्थापन समिति, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने प्राज्ञिक लेखन कार्यशाला शनिबार सम्पन्न भएको छ ।


त्रिभुवन क्याम्पससहित पाल्पा जिल्लाका विभिन्न नौवटा क्याम्पसबाट ६८ जनाप्राध्यापकहरू सहभागी यस कार्यशालामा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षानियन्त्रक डा. रामनाथ न्यौपानेले अनुसन्धानपत्र लेखनको ढाँचा, विषयवस्तु स्रोत संकलन र अभिलेखीकरण पद्धति, र अनुसन्धान प्रस्तावनापत्र लेखन विषयक तीनवटा कार्यपत्रहरू, त्रिभुवनक्याम्पस प्रमुख डा. टंक प्रसादपन्थले सिर्जनात्मक र प्राज्ञिक लेखनको तुलनात्मकविश्लेषण, त्रिभुवनविश्वविद्यालय, व्यवस्थापन संकायकापूर्व डिन दिनेशमणि घिमिरेले अनुसन्धानात्मक प्रस्तावना लेखनको अभ्यास, अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. शंकरप्रसाद गैरेले लेखन र प्रकाशन,तथा प्राज्ञिक लेखनकाप्रक्रियाहरू विषयकदुईवटा कार्यपत्रहरू, सहायकक्याम्पस प्रमुख सन्तोष खनालले पुस्तक समीक्षा, डा. पितबहादुर नेपालीले वैज्ञानिक लेखन, डा. लक्ष्मी सापकोटाले मात्रात्मक अनुसन्धानमा तथ्याङ्कविश्लेषण, कृष्ण बहादुर जि सि ले गुणात्मक अनुसन्धानविधि र साधनहरू र गोपाल प्रसादवश्यालले प्राज्ञिक लेखनकाप्रक्रिया र रणनीतिहरू विषयककार्यपत्र प्रस्तुतगर्नुभएको थियो ।कार्यक्रममा डा. न्यौपानेले विश्वविद्यालय अनुसन्धानआयोगले सहयोग गर्ने अनुसन्धानकार्यकालागि प्रस्तावना लेखनसम्बन्धिजानकारी गराउनु भएको थियो ।
अनुसन्धान र प्राज्ञिक लेखनकायी विविधपक्षमा केन्द्रित रहेर सञ्चालित कार्यशालामा पूर्व प्रकाशितकार्यहरूको समीक्षात्मक विश्लेषण, अनुसन्धानतथा लेखनका विभिन्न चरणहरू, आवश्यकभाषिक, विषयवस्तु र संरचनागत पद्धतिमा प्रस्तुति, छलफल, कक्षाकार्य, समीक्षा, पुनरावलोन, बैयक्तिक एवम् समूहकार्य लगायतकातरिकाहरू अपनाई सञ्चालित कार्यशालाबाट सहभागीहरूले प्राज्ञिक अनुसन्धानतथा लेखनका आधारभूत सिपविकास गर्न सकेका छन् ।
कार्यशालाको सुरू र अन्त्यमा सञ्चालित संक्षिप्त उद्घाटन तथा समापनकार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवनक्याम्पस पाल्पाकाक्याम्पस प्रमुख डा. टंक प्रसादपन्थले प्राध्यापकहरू कक्षाशिक्षण कार्यका साथै प्राज्ञिक उन्नयनकालागि अनुसन्धानकार्यमा लाग्नुपर्ने र अनुसन्धानले कक्षा शिक्षण सिकाइप्रक्रियामा समेत योगदान गरी विद्यार्थीका सिकाइउपलब्धिलाई सकारात्मक योगदानगर्नुपर्ने आावश्यकताभएको औंल्याउनु भयो । त्यस्तै पूर्व क्याम्पस प्रमुख टंक भट्टराई, सहपरीक्षानियन्त्रक डा. रामनाथन्यौपाने, प्राध्यापक संघका सभापति खिमबहादुर राना, कर्मचारी संघका सभापति डुकुल ढकाल, स्वतन्त्रविद्यार्थी युनियनका सभापति मिलन घर्ती लगायतले प्राध्यापकको प्राज्ञिक विकासकालागि तालिमकार्यशाला फलदायीहुने भएकोले क्याम्पसले समयसमयमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
अनुसन्धानव्यवस्थापन समितिकाअध्यक्ष डा. शंकरप्रसाद गैरेको अध्यक्षता र सदस्य डा. पितबहादुर नेपालीको सञ्चालनमा चलेको समापन कार्यक्रममा प्रशिक्षक सहजकर्ताहरू र सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुखअतिथि डा. पन्थले प्रमाणपत्र वितरण गर्नुभयो । समापन सत्रमा सहभागीहरूकातर्फबाट बोल्दै उपप्राध्यापक मिना ढकाल र तानसेन बहुमुखीक्याम्पसका चन्द्रकान्त न्यौपानेलेअनुसन्धान र प्राज्ञिक लेखनमाकार्यशालाले दिएको महत्वपूर्ण ज्ञानले यसप्रकारकाप्राज्ञिक कार्यगर्नकालागिथपउर्जा मिलेको बताउनुभयो । समितिका सदस्य केशव घिमिरेले सबैलाई धन्यवाददिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0