दयाराज न्यौपाने
पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ९ चिलाङ्दी गोपाल्दी मालारानी बुल्ठाकी सडक बैशाख २० गतेदेखि जेठ ८ गतेसम्मका लागि १९ दिन बन्द हुने भएको छ ।

यो सडक खण्डमा बगनासकाली गाउँपालिका र स्थानीय पूर्वधार विकास आयोजना कार्यालय बुटवल कार्यालय माफर्त पक्की नाली सहित पिच गर्ने योजना रहेको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालद्वारा जारी सूचनामा यो अवधिमा बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।
बैकल्पिक बाटोको रुपमा बुल्ठाकी–सहकारी चोक–ढावखोला–नारायणडाँडा तथा देउराली–बराङ्दी–वडा नं. ८ कार्यालय–नारायणडांडाको बाटो प्रयोग गर्न सकिनेछ भने धारापानी पिपलडाडा गोर्खेकोट सम्म हलुका गाडीहरूका लागि बाटो प्रयोग गर्ने सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















