दयाराज न्यौपाने
पाल्पा बैशाखको तेस्रो शनिबार १०८ पिपलीको पुजन गर्ने,दर्शन गर्ने तथा जलखाने भक्तजनहरुको पाल्पाको बराङ्दीमा घुँईचो लागेको थियो ।

पाल्पाको बराङ्दीमा रहेको शिबपान्चायन सिद्धबाबा मन्दिरमा विहानै देखी भगवान विष्णु तथा भगवान शिवको दर्शन गर्ने, र पिपलीको जल खानेहरुको घुँईचो लागेको थियो । पिपलीलाई भगवान बिष्णुको स्वरुप मानिने र पिपलीको जल खानाले रोग व्यथा हराउने तथा दीर्घजीवन हुने धार्मीक विश्वास रहेको पाईन्छ । भने सालीकराम क्षेत्र र उत्तरायन कृष्ण गण्डकी बग्ने भएकोले यस क्षेत्रको बढी महत्व रहेको र आयु ,एस ,बल र सौर्य प्राप्त हुने समेत धार्मिक विश्वास रहेको पाइन्छ ।


मन्दिर परिषरमा १०८ पिपलीको एकै ठाउँमा व्यवस्था भएकोले पिपलीको जलखान शिबपान्चायन सिद्धबाबा मन्दीर बराङ्दीमा आएको तानसेनकी बिमला डिसीले बताउनु भयो । पतीको लामो आयु,स्वस्थ रहने तथा पुत्र पौत्रको लाभहुने विश्वासले पिपलीको जल चडाउन तथा पुजन गर्ने मन्दीर आएको चापपानी पाल्लाकी सरस्वती बस्यालले बताउनु भयो।

यो वर्षको बैसाख महिनाको तेस्रो हप्ता सम्म करीव १० हजार भन्दा बढी भक्तजनहरुले जलखाने र पुजा गर्र्ने कार्य गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालले जानकारी दिनु भयो ।

मन्दिरमा १०८ शिव लिङ्ग,सुर्य नारायणको मूर्ति ,लक्ष्मी नारायणको मूर्ति,गणेशको मूर्तिहरु समेत रहेकोले मन्दिरमा श्रदालु भत्तजनको उपस्थीती बाक्लो हुने गरेको स्थानीय युवराज गैरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0