दयाराज न्यौपाने
पाल्पा –बैशाख २४ पाल्पा व्यापार संघले बुधबार संघको सचिवालयमा एक समारोह बीच जिल्ला प्रहरी कार्यालय पाल्पाका नवआगन्तुक प्रहरी उपरीक्षक प्रहरी प्रमुख पवनकुमार भट्टराईलाई स्वागत गरेको छ ।


संघका अध्यक्ष बिष्णुबहादुर कार्कीले विगतदेखि पाल्पा व्यापार संघको सम्बन्ध प्रहरी प्रशासनसँग सुमधुर रहदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले जिल्लाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रहरी कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्दै आएको समेत बताउनु भयो । संघका अध्यक्ष कार्कीले पर्यटन क्षेत्रको रुपमा जिल्ला परिचित भएको भएपनी रातीमा छिटो बन्द हुने समस्याले पर्यटक आगमनमा कमी भएको गुनासो सुनाउनु भएको थियो । समस्या समाधानमा ध्यान दिन समेत आग्रह गर्नुृभएको थियो ।


संघका नि वर्तमान बामदेव बस्यालले संघको विगतदेखि वर्तमानसम्मको इतिहासका बारेमा जानकारी गराउँदै संघ व्यवसायीहरूको संस्था भए तापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागि रहको बताउनु भयो ।


स्वागत सहित जिल्लाको वस्तुस्थितिबारे प्रहरी प्रमुखलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको संघका महासचिव तुलबहादुर अधिकारीले बताउनु भयो ।


कार्यक्रममा प्रहरी प्रमुख भट्टराईले आर्थिक, सामाजिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका लागि प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताउनु भयो । साथै जिल्लाको शान्ति, सुरक्षा कायम राख्न कटिबद्ध रहने र कानुन प्रावधानमा रहेर व्यापार व्यवसाय गर्न सबैमा अनुरोध गर्नुभयो ।


कार्यक्रममा संघका संस्थापक अध्यक्ष चिरन्जीवी पाखरेल,वरिष्ठ उपाध्यक्ष कमल ढकाल सहित संघका पदाधिकारीहरुले जिल्लामा सञ्चालनमा रहेका विषयगतका व्यवसायको वस्तुस्थिति र समस्याबारे प्रहरी प्रमुख समक्ष राखेका थिए । पाल्पा व्यापार संघमा एक हजार बढी सदस्य रहेको संघले व्यापार सहित सामाजिक कार्य समेत गदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0