दयाराज न्यौपाने
पाल्पा जेठ १ बगनासकाली गाउँपालिका ७ खानीगाउमा तीन दिने उदघोषण तालिम बिहिबारबाट सुरू भएको छ ।
आदिवासी जनजाति समन्वय समिति खानीगाउको आयोजना र वडा कार्यालयको सहयोगमा सुरु भएको तालिममा वडाभित्रका २५ जनाको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख आतिथी वडा अध्यक्ष गणबहादुर बुढाथोकीले तालिमको उदघाटन गर्नुृभएको हो ।तालिमको उदघाटन गर्दै वडाध्यक्ष गणबहादुर बुढाथोकीले तालिमले युवाहरूलाई थप सक्षम बन्न मद्दत गर्ने बताउनुभयो । वडावासीको हितमा निरन्तर काम गर्दै आएको उहाँको भनाई छ । तालिमका लागि मात्रै सहभागी नहुन उहाँले आग्रह गर्नुभयो । सिकेको सिपलाई ब्यवहारमा लागु गर्ने आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा प्रमुख प्रशिक्षक पत्रकार मिलन बिकले कुनै व्यक्ति बोल्न नसक्दा सम्म अधिकार बाट बन्चित हुनुपरेको बताउदै यस्ता तालिमले उनिहरुलाइ अधिकार बारे सचेत बनाउन सहयोग पुग्ने बताउनु भयो । वडा सचिव हरिप्रसाद बस्यालले वडाको कार्यक्रम अनुसार तालिम संचालन गरिएको बताउनु भयो ।


तीन दिन सम्म चल्ने तालिममा उदघोषण, कार्यक्रम संचालन बिधि, भाषणकला लगाएतका विषयमा पत्रकार मिलन बिक र दयाराज न्यौपानेले सहजीकरण गर्नुभएको छ ।
वडा सदस्य जमुना क्षेत्रीको स्वागत तथा वडा सदस्य खुमबहादुर रेश्मीको संचालन र आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष बिनिसरा कनौजेको अध्यक्षतामा उद्घाटन समारोह चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0