दयाराज न्यौपाने
पाल्पा । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी हुदैँ गएको छ । तानसेमा आयोजना गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रममा सेवा सुधार हुदैँ गएको निस्कर्ष निकालिएको हो ।


स्वास्थ्य निर्देशनालयको टोलीले आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पामा सेवा मापदण्डका बिषयमा बिहिवार सरोकारवालासँग छलफल गर्दे न्यूनतम सेवा मापदण्डका आधारमा पाल्पाले ५५.८ प्रतिशत अंक प्राप्त गरेको र यो नतिजा राम्रो मानिने जानकारी गराएको हो । गत वर्ष ५३ प्रतिशत रहेकोमा यो वर्ष दुइ प्रतिशतले बढेको जानकारी समेत गराइएको थियो ।


विभिन्न सुचकका आधारमा स्वास्थ्य केन्द्रले सो अंक प्राप्त गरेको हो । स्वास्थ्य केन्द्रको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, चिकित्सकीय रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायतका ५०० बढी मापदण्डहरुको आधारमा केन्द्रलाई अंक प्रदान गरिएको टोलीका श्रोत व्यक्ति तथा आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासीका वरिष्ठ कविराज निरीक्षक नरहरी अर्यालले बताउनुभयो । न्युनतम सेवाका बारेमा मापडण्ड निर्धारणबारे प्रस्तुतीकरण गर्नु हुँदै श्रोत व्यक्ति अर्यालले सुचकका बिषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

जिल्ला आयुर्वेद सवास्थ्य केन्द्रको छड्के अनुगमन गरिएको र त्यसका आधारमा प्रस्तुतिकरण गरिएको स्वास्थ्य निर्देशनालय दाङका कविराज निरीक्षक डा. श्रवण कुमार चौधरी जानकारी दिनुभयो । उहाँले न्युनतम सेवा मापदण्ड भनेको पहिलो, दोश्रो र तेश्रोमा बर्गिकरण गर्नु नभएर सेवा प्रवाहमा देखिएको समस्या पहिचान गर्नु भएकाले यसले आगामी दिनमा नागरिकको सेवा प्रवाहमा समेत अझैँ मद्धत पुर्याउने बताउनुभयो ।


आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाले संचालन गरेको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गदै निमित्त प्रमुख माधव बस्यालले दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु, सानो घरमा सेवा संचालन भएकाले सेवा प्रवाहमा समस्या भएको गुनासो राख्नु भएको थियो ।उहाँले विद्यालय स्तरमा पनि योग कक्षा संचालन हुँदै आएको र जिल्लामा संचालित नागरिक आरोग्यता केन्द्रहरु सबै पालिकमा संचालन भएको उक्त कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो ।
प्रस्तुतिकरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख अध्यक्ष टंकनाथ खनालले भवन अभावका कारण सोचे सेवा विस्तार हुन नसकेको बताउदै पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले आयुर्वेदिक पद्धतीमा नागरिकहरुको विश्वास बढदै गएको बताउँदै खनालले मापदण्डमा देखिएका समस्या समाधान गरी सेवा प्रभावकारी बनाउन पहल गर्ने बताउनु भयो । उहाँले गतवर्षको तुलनामा व्यापक सेवा प्रदान भएको पाइएको समेत बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आयुर्वेद औषधालयले गाउँगाउँमा पुगेर गरेको सेवा प्रभावकारी रहेको उल्लेख गदै सेवा वारे प्रचार प्रसार हुन आवस्यक रहेको औल्उनु भयो । सहभागी वक्ताहरुले आयुर्वेदको सेवा प्रभावकारी बनाउँद मापदण्ड अनुसारका सुचक पुरा गर्न आगामी दिनमा सवै पक्ष जिम्मेवार हुनु पर्ने धारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी मुकुन्द शर्मा,पाल्पा टेक्नीकल इन्टीच्युटका प्रमुख त्रिलोचन पौडेल,स्वास्थ्य कार्यालयका उदयचन्द्र चौरासीया,आयुर्वेद चिकित्सकहरु, आयुर्वेद औषधालयका प्रमुखहरु लगायतको सहभागीता रहेको थियो । बैद्य निरीक्षक शरिता केसीकोे स्वागत मन्तव्य तथा स्वास्थ्य निर्देशनालय दाङका कविराज निरीक्षक डा. श्रवणकुमार चौधरीको सञ्चालनमा कार्यक्रम चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0