दयाराज न्यौपाने
पाल्पा जेठ ३ बगनासकाली गाउँपालिका ७ खानीगाउमा सञ्चालीत तीन दिने उदघोषण तालिम सम्पन्न भएको छ ।
आदिवासी जनजाति समन्वय समिति खानीगाउँको आयोजना र वडा कार्यालयको सहयोगमा तालिममा सम्पन्न भएको हो ।


समापन समारोहका प्रमुख आतिथी बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले तालिमले क्षमता विकासमा टेवा पु¥याउन सहयोग पुग्ने बताउनु भयो । उहाँले चेतनाको विकास नहुने हो भने धेरै कुराको विकास हुन नसक्ने कुरामा जोड दिदै सिकेका कुरा व्यवहारमा उर्तान समेत आग्ह गर्नुभयो । उहाँले केही समय पहिला सम्म बोल्न सिप सिक्न खोजेर पनि नपाउने अवस्था थियो । गणतन्त्र स्थापना प्रश्चात सबैलाइ सहज भएको उल्लेख गदै यस्को भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।


कार्यक्रमका बगनासकाली ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले तालिमले युवाहरूलाई थप सक्षम बन्न मद्दत गर्ने बताउनुभयो । उहाँले तालिममा सहभागीहरुले देखाएको सक्रियताले क्षमता विकास भएको अनुभुति भएको बताउदै वडाका गतिबिधिमा समेत टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा प्रमुख प्रशिक्षक पत्रकार मिलन बिकले सिप सिक्ने मात्र भन्दा पनि सिकेका कुरालाइ निरन्तर अभ्यास गर्ने आग्ह गर्नुभयो । सहभागी डिलबहादुर राना र मायादेवी मिधुनले आफुहरुले सिकेका कुरालाइ प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । वडाभित्रका २५ जनाको सहभागिता रहेको तालिममा उदघोषण, कार्यक्रम संचालन बिधि, भाषणकला लगाएतका विषयमा पत्रकार मिलन बिक र दयाराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
तालिम समापन समारोहमा जमुना क्षेत्री,मिठु बिक, खुमबहादुर रेश्मी, वडा सचिव हरिप्रसाद बस्याल लगायतको उपस्थिति रहेको थियो । बेगम बुढाथोकीको संचालन र आदिवासी जनजाति समन्वय समिति खानीगाउँकी अध्यक्ष बिनिसरा कनौजेको अध्यक्षतामा समापन समारोह चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0