दयाराज न्यौपाने
पाल्पा- चन्द्रगण पुरस्कार गुठीद्वारा वेद माविमा अध्ययनरत छ जना बिद्यार्थी पुरस्कृत भएका छन् । गुठीका सदस्यहरु पुर्व मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र शंकरप्रसाद बस्यालले आफ्ना स्वर्गीय हजुरबुवा र माइलोबुवाको नाममा स्थापना गरेको ‘चन्द्रगण गुठीबाट ५ जना छात्रा र एक जना छात्र गरि छ जनालाई पुरस्कार प्रदान गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच चन्द्रगण गुठीबाट बगनासकाली गाउँपालिका ८ बराङ्दीमा रहेको वेद माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो ।
विधालयमा एक समारोहको आयोजना गरि ५ ,८,१० र १२ कक्षामा उत्कृष्ट भएका बिद्यार्थीहरु मनिषा गैरे, इशा भट्टराई, पूर्णिमा उचै, सन्ध्या घिमिरे, मिरा घिमिरे र दिपक रजालीलाई जनही चार चार हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । उनिहरुलाइ गुठीका सदस्य पुर्व मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले पुरस्कार प्रदान गर्नु भयो।
पुरस्कार वितरण गदै यज्ञप्रसाद बस्यालले स्वर्गीय बुवा र माइलो बुवाको नामबाट २०६४ साल देखि उक्त विधालयमा ५,८,१० र १२ कक्षामा अध्यन गर्ने बिद्यार्थीहरुलाइ प्रतेक वर्ष दिने गरेकोमा आगामी वर्षदेखि १ कक्षा देखि १२ कक्षा सम्म उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत गर्ने बताउनु भयो ।
गरिब तथा जेहेन्दार बिद्यार्थीको सहयोग र शैक्षिक गतिविधिलाई सहयोग गर्ने उदेश्यले गुठी स्थापना गरिएको उहाँले बताउनु भयो । पुरस्कार वितरण समारोहमा बगनासकाली गाउँ पालिकाका शिक्षा शाखा प्रमुख नारायण तिमिल्सेनाले यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाई अधययनमा हौसला प्रदान हुने बताउदै गुणस्तरीय शिक्षाका लागि सबैको चासो आवस्यक रहेको बताउनु भयो ।
वेद माध्यमिक विधालय बराङ्दीका प्रधानाध्यापक टुनवीर रेश्मीले विधालयलाइ माया गरेर पुरस्कार वितरण गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पुरस्कार वितरण समारोहमा वडा नम्बर ८ वडा सदस्य मिना बस्याल,गुठीका सदस्यहरु ,पत्रकार शिक्षक सहित समाजसेवीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम वेद माध्यमिक विधालयका सहायक प्रधानाध्यापक संगीता पाण्डेको संचालनमा पुरस्कार वितरण समारोह चलेको थियो ।