दयाराज न्यौपाने
पाल्पा जेठ २७ ÷ पाल्पाको माथागढी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई १ सय २८ वटा हाते ट्याक्टर वितरण गरेको छ ।


सामाग्री हस्तान्तरण गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूको उत्पादन वृद्धि हुने भएकाले अनुदानमा पाएको उपकरणलाई दुरुपयोग नगरी उचित प्रयोग गर्ने आग्रह गर्नुभयो । उहाँ सामग्री मर्मतका लागि समेत गाउँपालिकाले दक्ष प्राविधिक उत्पादन गरिएको बताउनु भयो ।


नेपालको भूगोल अनुसार नै हाते ट्याक्टर वितरण गरिएको उहाँको भनाइ छ । अध्यक्ष चिदीले भन्नुभयो आधुनिक कृषि मार्फत किसानलाइ व्यवसायिक बनाउन गाउँपालिका निरन्तर लागेको छ । उहाँले माग भएको ६ सय मध्य केहीलाइ सम्बोधन गरिएको र अर्का आर्थिक वर्षमा थप मागलाइ सम्बोधन गरिने समेत बताउनु भयो ।

किसानहरूको कृषि उत्पादनमा वृद्धि तथा आधुनिकरण गर्नका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानलाइ कृषि यान्त्रीकरण सामग्री वितरण गरेको प्रवक्ता शंकर दर्लामीको भनाइ छ । कृषि प्रविधिमा आधुनिकरण संगै यान्त्रीकरणको माग बढेको र सोको कारण समयको बचत सगै उत्पादनमा वृद्धि गराउन सहयोग पुग्ने बताउनु भयो ।


आधुनिक कृषि यान्त्रीकरणको प्रयोगबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धि पुग्ने अपेक्षा सहित गाउँपालिकाका ८ वटै वडाका किसानको मागको आधारमा किसानहरूलाइ १ सय २८ थान हाते ट्याक्टर वितरण गरेको कृषि शाखा प्रमुख गौतम थापाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0