दयाराज न्यौपाने
जेठ २५ ÷बगनासकाली गाउँपालिकाले दलित उत्कृष्ट विधार्थी सम्मान तथा दलित घरपरिवारलाई सामग्री बितरण गरेको छ ।


उत्कृष्ट अङ्क प्राप्त गरि एसइइ र १२ कक्षा बगनासकाली भित्र अध्ययन गर्ने आरती कामी, अजय बिक,रिया बिक र विवेक बिकलाई नगद जनही १०–१० हजार सहित सम्मान पत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो । भने सोही अवसरमा गाउँपालिकाका ९ वटै वडाका १० दलित घरपरिवारलाइ १–१ वटा ग्राण्डर मेसिन १० घरलाई १–१ थान आरन पंखा, १ थान दमाहा १ थान कर्नाल र ३ थान सहनाई १ थान इन्टरलक मेसिन र १ बन्डल जस्ता पाता सहित पलास्टीकका कुर्सीटेवलसमेत वितरण गरिएको हो ।


सामग्री वितरण तथा विद्यार्थीलाइ सम्मान गदै बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले दलित समुदायले राजनीतिक रुपमा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गदै लोकतान्त्रीक गणतन्त्रको उपच हरेक नागरिकहरुको समान रुपमा काम हुन थालेको बताउनु भयो । उपाध्यक्ष पाठकले उपलव्ध सामग्रीले स्वरोजगार बनाउन सहयोगी हुने बताउनु भयो । उहाँले उत्कृष्ट नतिजा प्राप्त गरि पालिकाको शिर उचो बनाएको बधाइ समेत ज्ञापन गर्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले शिक्षा नै मानव विकासको पहिलो सूचक भएकोले शिक्षा प्रदानमा दलित समुदायका परिवाले ध्यान पु¥याउन आग्रह गर्नुभयो । उत्कृष्ट बिद्यार्थीहरुको सम्मानले शिक्षाको गुणस्तर विकासमा टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो । प्रमुख अधिकृत छिनालले पालिकाले विपन्न दलित समुदायको आयआर्जनमा टेवा र सस्ंकृति संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरेको बताउनु भयो । वितरण कार्यक्रममा प्रवक्ता टीकाबहादुर थापाले सिपको प्रयोग गरि आय आर्जनलाई टेवा पुर्याउन प्रमुख उदेश्य रहेको बताउनु भयो ।


बगनासकाली गाउँपालिकाका ९ वटै वडाका दलित परिवार मध्ये सम्पुर्ण वडाका प्रतिनिधि रुपमा छनौट गरेर वितरण गरिएको दलित समन्वय समिति बगनासकालीका संयोजक तेजप्रसाद रसाइलीले जानकारी दिनु भयो। गाउँ पालिका स्तरीय दलित समन्वय समितिका सह संयोजक सीता विकले बताउनु भयो । आर्थिक वर्ष ८१÷८२ लक्षित वर्ग कार्यक्रम अन्तर्गत ४ लाख रुपैयाँबाट उक्त कार्यक्रम गरिएको हो ।


कार्यक्रममा जनप्रतिनिधि पत्रकार, शाखा प्रमुखहरु लगायतको उपस्तिथिमा मेसिन वितरण तथा बिद्यार्थी सम्मान गरिएको थियो । कार्यक्रम प्रशासन शाखा प्रमुख सुजन घिमिरेको संचालनमा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0