दयाराज न्यौपाने
पाल्पा असार ११÷ बगनासकाली गाउँपालिकाको आयोजनामा प्रावी तहका शिक्षकहरुलाइ प्रश्न पत्र निर्माण सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।


कार्यशाला गोष्ठीमा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रश्न पत्रले बिद्यार्थीको भविष्य निर्धारण समेत गर्ने र प्रश्न पत्र निर्माण संगै शिक्षकहरुलाइ दक्ष बनाउदै गुणस्तर शिक्षामा टेवा पु¥याउने उदेश्य रहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकालीलाइ शैक्षिक विकास गर्दै जाने गरि शिक्षकलाई आवस्यक तालिम संचालन गरिने बताउनु भयो ।


शिक्षा शाखा प्रमुख नारायण तिमिल्सेनाले गाउँपालिकामै प्रावी तहमा शिक्षकहरुलाइ पहिलो पटक प्रश्न पत्र निर्माणको कार्यशाला गरिएको र आगामी आवमा विषयगत रुपमै तालिम संचालन गरिने बताउनुभयो ।


यसै गरि सहभागिको तर्फ बाट बोल्दै बसन्त आविका प्रधानाध्यापक नेत्र प्रसाद न्यौपानेले यस खालको सिकाइले नै शैक्षिक उपलब्धी हुने हुँदा तालिम आयोजनाका लागि आभार समेत व्यक्त गर्नु भएको थियो । उहाँले स्तरीय तथा बिद्यार्थीले सहजै बुझने सक्ने र प्रस्नपत्रको जटीलतालाइ समाधान गर्ने सहयोग पुग्ने बताउनु भयो ।


बगनासकाली गाउँपालिका भित्रका ३४ वटा विधालयका ३४ जना शिक्षकहरु सहभागी भएको कार्यक्रममा रोस्ट्रर शिक्षक डिल्लीराज पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0