दयाराज न्यौपाने
पाल्पा असार १७ ÷ पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बगनासकाली गाउँपालिका उत्तिर्ण प्रतिशतका आधारमा जिल्ला प्रथम भएको छ । दुई नगरपालिका र ७ गाउँपालिकालाइ उत्तिर्ण प्रतिशतका आधारमा उछिन्दै बगनासकाली गाउँपालिका प्रथम भएको हो ।
नतिजाको आधारमा बगनासकाली गाउँपालिकाले ७७.८५ प्रतिशत अंक प्राप्त गरि प्रथम भएको हो भने ७२.८६ प्रतिशत सहित तानसेन दोस्रो र र ६९.७८प्रतिशत सहित रामपुर तेस्रो भए रम्भा ६०.४७, निस्दी ५२.४५, तिनाउ ५२.३६, पूर्वखोला ४८.९४, रिब्दीकोट ४८.६४ र रैनादेबि गाउँपालिकाले ४८ प्रतिशत प्राप्त गरे भने सामुदायिक विद्यालय तर्फ १० वटा मावि रहेको बगनासकालीमा ६ वटाको नतिजा ७० प्रतिशत माथि रहेको छ । भने सीता मावि र दर्लमडाँडा माविको नतिजा सत प्रतिशत आएको बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण तिमिल्सेनाले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यो वर्ष शिक्षक अभिभावकहरुको मेहनत राम्रो भएका कारण नतिजा सुधार भएको गाउँपालिका अध्यक्ष सरस्वती दिदीले बताउनु भयो । नतिजा सुधार अनिवार्य नै थियो पालिकाले निरन्तर आवस्यक सहयोग उपलव्ध गराउदै आएका छौ अध्यक्ष चिदीले भन्नुभयो । । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले नतिजामा प्रथम हुदाँ ज्यादै खुसी लागेको छ । गुणस्तरीय शिक्षा प्रदानमा पालिकाले कुनै कसर बाकी नराख्ने बताउनु भयो । गत वर्ष बगनासकाली गाउँपालिकाको नतिजा २७ प्रतिशत रहेको थियो भने केही विद्यालयको नतिजा कमजोर थियो ।


तानसेनको भुषालडाँडा माविले ९० प्रतिशत उर्तिण गरायो भने रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट विविशा घिमिरे र अनुजाश्रेष्ठ र देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट शुलभ भट्टराइले ४ जीपीए ल्याउन सफल भए भने तानसेन कै जनता मावि,सेन मावि, मदनपोखराको दमकडा माविले पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएका छन् । त्यस्तै संस्थागत विद्यालय तर्फ तानसेनको न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनबाट निश्चल भण्डारी, कामना राना र दियाकार्कीले चार जीपीए ल्याउन सफल भए भने संस्थागत तर्फ तानसेनका दुइ विद्यालय बृन्दावन एकाडमी र प्रशान्ती चिलड्र्ेन एकाडमीको नतिजा सत प्रतिशत आएको तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख कपीला न्यौपानेले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका बोमबहादुर थापाका अनुसार १ सय ३८ विद्यालयबाट ३ हजार ७ सय २० जना परीक्षामा सहभागी विद्यार्थी मध्ये ६० दशमलव ४८ प्रतिशतले ग्रेड पुरा गरेका छन् ।
नियमित साधारण तर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक तर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेको थापाले बताउनुभयो । नतिजा अनुसार साधारण तर्फ चार जीपीए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जीपीए ल्याउने २३२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५१ जना, २.८१ देखि ३.२० ल्याउने ७५३ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५३८ जना, २.०१ देखि २.४० जीपीए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या एक हजार ४ सय ४ रहेको छ ।
प्राविधिक तर्फ चार जीपीए ल्याउने विद्यार्थी शुन्य, ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६२ जना, २.८१ देखि ३.२० ल्याउने ६१ जना, २.४१ देखि २.८० जीपीए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेको छ । गत वर्षको नतिजामा जिल्लाबाट दुइ जनाले मात्र चार जिपिए ल्याएका थिए । जनता माध्यमिक विद्यालय(जेभेटी) तानसेनका उत्सव ढुङ्गाना र रामपुर नगरपालिकाको दराई ठाटी माध्यमिक विद्यालय रामपुरकी पूर्णिमा लक्ष्मी कुवँरले ४ जिपिए ल्याएका थिए । गतबर्षको एसईई नतिजामापाल्पा बाट २७.८५ प्रतिशत मात्र विधार्थीहरु उत्र्तिण भएका थिए । यस बर्ष ३३ प्रतिशत बृद्धि भई ६०.४८ प्रतिशत विधार्थीहरु उर्तिण भएका छन । समग्र पाल्पामा एसईई नतिजामा उल्लेखनीय रुपमा सुधाएको देखिन्छ । पाल्पामा पालीकाको निरन्तर निगरानी र चासोकाकारण नतिजा सुधार भएको विश्लेषण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0