दयाराज न्यौपाने
पाल्पा असार । निजी तथा सार्वजनीक वनको क्षेत्रहरूमा प्रभावकारी कार्य सम्पादन गरेको आधारमा पाल्पाको बगनासकाली गाउँपालिका देशभरका समृद्धिका लागि वन परियोजना लागुभएका मध्ये उत्कृष्ट बन्न सफल भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै बगनासकालीलाई उत्कृष्ट पालिकाको पुरस्कार २०८१ प्रदान गरेको हो ।


समृद्धिका लागि वन परियोजना कार्यक्रममा सार्वजानिक तथा निजी जग्गामा सबै भन्दा बढी बृक्षा रोपण गर्ने र कार्य सम्पादनमा उत्कृष्ट गरेको आधारमा १ लाख २५ हजार रुपियाँले पुरस्कृत गरेको हो ।
यो सफलतामा सबै पालिकाका कर्मचारी र सरोकारवालाहरूको योगदान रहेको बताउँदै आगामी दिनमा सबै सूचकाङ्कमा सर्वोत्कृष्ट बन्ने उत्पेरणा मिलेको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो ।
गत वर्ष सार्वजानिक तथा निजी जग्गामा १८ हजार बिरुवा रोपण गरेको उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनु भयो । उहाँले भन्नुभयो पुरस्कृत भएको थाहापाउदा ज्यादै खुसी लागेको छ ।
समृद्धिका लागि वन परियोजनामा वन प्राविधिक सागर बस्याल र कार्यक्रम फोकल प्रश्न नारायण तिमिलसेना रहनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0