दयाराज न्यौपाने
पाल्पा असार २२ हरिशयनी एकादशी अर्थात तुलसी रोप्नेदिनको अवसरमा जय नारायण ( यज्ञमुर्ति )घिमिरे हिले प्रभुको नामले परिचित गायत्री बिधाका सिद्ध उपासक तपस्वी समेत रहनु भएका हिले प्रभुको जन्मस्थल पाल्पाको बगनासकाली ८बराङ्दी परिसरमा वृक्षारोपण गरिएको छ ।


पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी ,वडाध्यक्ष मोतिलाल बस्याल सहितको सहभागितामा पिपली,तुलसी,लालीगुरासँ,धुपी,फलफूल लगायत विभिन्न जातका एक सय आठ वटा बोटविरुवा रोपिएको टंकनाथ घिमिरेले जानकारी दिनुभयो । उहाँले प्रमुको नाममा धाम बनाउने र उक्त स्थानमा १ सय ८ पिपल एकै ठाउँमा बनाउने उदेश्य अनुसार बृक्षारोपण गरिएको बताउनु भयो ।


जय नारायण (हिले प्रभु)को जन्म १९६४ मा असार ३गते पाल्पा बराङ्दीमा भएको थियो । हिलेप्रभुले कालीगंगाको किनार रानीघाटमा केही समय,सेतीबेणीमा गई केहिदिन एकान्त बास बसेको र एकान्त स्थलको खोजी गर्ने क्रममा गुल्मीको हिले पुग्नु भएको, त्यहाँ ३० बर्ष सम्म गायत्री साधना गरि पादी र ठुला बगरमा समेत तपस्या गरि बिताउनु भएको थियो ।
शिद्ध पुरुषको आशीर्वाद खोजीमा हिडेका राजा वीरेन्द्रले हिलेमा पुगी बाबाको को दर्शन मा बिजयीको आशीर्वाद पाएको र राजाले नतिजा पनी सोही प्रकारको पाएको उल्लेख गरिएको छ । सोही बेला देखी शिद्ध पुरुषको रुपमा परिचित हुनु भएको हो । लामो समय सम्म पनि पटक पटक दरबार देखी सबै सदस्य आवत जावत गरि प्रमुको दर्शन गर्ने गरेको समेत उल्लेख गरिएको छ । हिले प्रमुको २०४१ साल चैत्र ३ गते ठुलाबगर गुल्मीमा स्वराहरोण भएको थियो ।


बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हिले प्रभुले गरेको त्याग र तपस्याले नै आज उहाँको चर्चा परिचर्चा हुने गरेको बताउदै राम्रो कामको अनुसरण सबैले गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारलिे बृक्षारोपणले सौन्दर्य सहित वातावराण मैत्री बनाउन सहयोग पुग्ने बताउदै उहाँले बृक्षारोपण गरिसकेपछि स्याहारसुसार गर्नुपर्नेमा जोड दिनुभयो ।


तत्कालिन बराङ्दी गाविसका पूर्व अध्यक्ष ओम प्रकाश घिमिरेले तपस्वी प्रभुको चर्चा गदै बृक्षारोपणले यस ठाउँमा आउने भक्तहरुका लागि सहजता हुने बताउन भयो । त्यस अवसरमा वडा सचिव नारायण तिमिल्सेना,पत्रकार महासंघका सदसय दयाराज न्यौपाने,पूवृ वडाध्यक्ष,जनप्रतिनिधि,कर्मचारी, समाजसेवी लगायतको सहभागिता थियो ।

औपचारिक कार्यक्रम वडा सचिव नारायण तिमिल्सेनाको संचालनमा चलेको थियो । हिले प्रभुको जन्मस्थल बराङ्दी सहित हिले प्रभुको तपस्या स्थल गुल्मी ठुला बगर दिव्य धाम,पादी,स्याङ्जा लगाएतका ठाउँसहित एकै दिन बृक्षारोपण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0