पाल्पा असार २२ प्रेस चौतारी नेपाल पाल्पाले वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२÷८३ का ेयोजना तर्जुमा सम्पन्न गरेको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पोलिटव्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरे,नारायण आचार्य,प्रदेश स्वास्थ्य मन्त्री खेम सारु, प्रदेश सांसद इन्द्रा गहतराज, नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती, एमाले नेता धनेन्द्रराज घिमिरे, एमाले जिल्ला पदाधिकारीहरु, नेकपा एमालेको तर्फवाट स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्षहरु उपाध्यक्षहरु नेकपा एमालेका पालिका कमिटी अध्यक्षहरु समेत सहभागिता रहेको थियो

बैठकलाइ सम्बोधन गदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ब्रेकिङ र भाईरल न्यूज सम्प्रेषण गर्ने चक्करमा चुक्ने गरेको बताउनुभएको छ । समाचार सम्प्रेषण गर्दा अलीकता ढिला भएपनी गलत नहोस् भन्ने हेतुले सञ्चारमाध्यमले काम गर्नुपर्नेमा पछिल्लो समय त्यसो हुन नसकेको बताउनुभयो । पूर्व सूचना तथा स.चार मन्त्री समेत रहनु भएका ज्ञवालीले पाल्पाको चौतारीले देखाएको सक्रियता स्रहानीय रहेको उललेख गर्नुभयो ।

बैठकका पोलीटव्यूरो सदस्य ठाकुर प्रसाद गैरे नेकपा एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्ती, प्रेस चौतारी नेपालका केन्द्रयि सदस्य तथा पाल्पा इन्चार्ज मलिन बिक,नारायण आचार्य,खेम सारु,राजेशकुमार अर्याल,गुराँश आत्रेय,पत्रकार महासंघका पाल्पा अध्यक्ष कमलराज तिमिलसेना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बैठकमा आर्थिक वर्ष २०८१÷८२ मा सम्पादन गरिएका काम, समन्वय र सहकार्यको अवस्थाका विषयमा छलफल गर्दै आगामी दिनमा थप क्रियाशीलता बढाएर जनताको हितकेन्द्रित काम समन्वय र सहकार्यमा गर्ने गरी योजना तयार गरिएको प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । बैठकमा नयाँ आर्थिक वर्षमा सञ्चालन गरिने प्राथमिकतामा राखिएका विषय योजना तथा कार्यक्रमको प्रस्ताव बारे समेत अध्यक्ष कार्कीले प्रसतुत गर्नुभएको थियो । यस्तैगरी संगठन विस्तार कार्यक्रम अन्तर्गत गाउँकमिटी अध्यक्ष, चौतारी र जनप्रतिनिधिको समन्वयात्मक बैठक, कम्तीमा १ वडा एक चौतारी सदस्य (पत्रकार) तयार गर्ने लक्ष्य राखिएको सचिव दयाराज न्यौपानेले बताउनुभयो । यसका साथै क्षमता विकास कार्यक्रम अन्तर्गत आधारभूत पत्रकारिता तालिम, खोज पत्रकारिता तालिम सञ्चालन गर्ने, पार्टीको सैद्धान्तिक वैचारिक बन्द कक्षा सञ्चालन, एक सदस्य एक मिडिया अनिर्वाय कार्यक्रम कडाईका साथ लागु गरिने कार्ययोजना तयार गरिने भएको छ ।
संस्थागत कोष वृद्धि कार्यक्रम अन्तर्गत चौमासिक बुलेलिन प्रकाशन, भित्तेपात्रो प्रकाशन, देउसी भैलो कार्यक्रम, चौतारीमा विषेश दिन कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने कोषाध्यक्ष नेत्रप्रसाद गैरेले जानकारी दिनुभयो । यस्तै संस्थागत विकास अन्तर्गतका कार्यक्रममा वार्षिक साधारण सभा, चियापान तथा शुभकामना आदान प्रदान, लिडर प्रकाशन, घुम्ती बैठक ( गाउँ, जिल्ला, प्रदेश र विदेश) ,स्थापना दिवस र भैपरि आउने गतिविधि सञ्चालन गरिने सचिव न्यौपानेले बताउनुभयो । यसका साथै प्रस्तावित कार्यक्रमहरुमा दुखमा चौतारीको हात र साथ कार्यक्रम अन्तर्गत एद्यार लाख बराबरको पत्रकार कल्याणकारी कोष स्थापना गरिने छ । समन्वय र सहकार्य कार्यक्रम अन्तर्गत जिल्ला पार्टी कमिटी पदाधिकारी, गाउँकमिटी पादाधिकारी, चौतारी र जनप्रतिनिधि बीच समन्वय बैठक, पार्टीका जनसंगठनहरु संगको बैठक र मैत्रीपूर्ण फुटवल प्रतियोगिता गरिने छ । अवलोकन भ्रमण र अन्तरक्रियात्मक वनभोज गरिने गरी बैठकमा योजना तथा कार्यक्रम प्रस्ताव गरिएको सचिव न्यौपानेले जानकारी दिनुभयो ।





















