दयाराज न्यौपाने
पाल्पा ÷ साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिब मन्दिरहरुमा हिन्दु धर्मावलम्बीको भीड लाग्ने गरेको छ ।


पाल्पाको बराङ्दीमा रहेको सिवासन धाम र सिद्धबाबा मन्दिर र हिले प्रभु धाम बराङ्दी सहित तिनाउको शिद्धबाबा,रामदी धाम,रामपुर,रैनादेवी,रिब्दीकोट,तानसेन शिवालय,तिन्टीआप सहित शिव मन्दिरहरमामा बिहानैदेखि निकै घुइचो लागेको थियो ।यहाँ बोलबम मेला भर्न नेपालका बिभिन्न जिल्लाका समेत भक्तजनहरु उपस्थिति रहेको थियो ।विशेषगरी महिलाहरु हरियो रंगका चुरा, मेहंदी र गेरु बस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।
सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना भएको ज्योतिष पण्डित बिष्णुप्रसाद बस्यालले जानकारी दिनु भयो ।


साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
शिव भगवानलाई देवहरुको देव मानीने र शिवका धाममा पुजन गर्नेले ,जल खानाले रोग व्यथाहराउने तथा दीर्घजीवन हुने धार्मीक बिश्वास समेत रहेको र सालीकराम क्षेत्र,उत्तरायन कृष्ण गण्डकी बग्ने भएकोले यस क्षेत्रको बढी महत्व रहेको पाईन्छ । सोही अवसरमा महामृत्युन्जय शिवासन धाम बराङ्दीमा सुरक्षा निकायका व्यक्तित्वहरु, धार्मिक अभियान्ता लगाएत रुद्राभिषेकमा सहभागी हुनुभएको थियो ।

शिवासन धामका अध्यक्ष केशव रायमाझीले धामको निर्माणको काम गरिरहेको बताउदै धामलाई नेपालकै नमूना बनाउने प्रयत्न भैरहेको बताउनु भयो उहाँले पछिल्लो समय धार्मीक पर्यटकको आगमन बढ्दो रहेको बताउनु भयो ।

अध्यक्ष रायमाझीले धामको संरक्षण र प्रचारप्रसारमा सबै क्षेत्रको सहयोग रहेको बताउनु भयो । श्रावण महिना भगबान भोलेनाथ को प्रिय महीना रहेको र यस महिनामा शिवालयमा गई शिव पुजन, जलार्पण तथा भजन कृतन गर्दा अनन्य पुण्य आर्जन हुने विभिन्न शास्त्रहरूमा उल्लेख छ । श्रावण महिनाको पहिलो सोमबार श्रदालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको मन्दिरका पण्डित लोकराज रेग्मीले जानकारी दिनुभयो । कालीगण्डकी नदीका बिभिन्न पवित्र घाटहरुबाट जल ल्याइ जलाभिषेक गरिएको तथा भजन कृतन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0