दयाराज न्यौपाने
पाल्पा साउन ६ -बगनासकाली ३ सिद्धि माविद्वारा आयोजित तीन दिन दुई रातको फेलोसिप क्याम्प तथा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
सिद्धि मावि बगनासकाली–३ आर्यभन्ज्याङमा आयोजित कार्यक्रममा सिद्धिमाविका ३२ जना विद्यार्थी दीक्षित भएका छन् ।

३२ जना विपीलाई कार्यक्रमका बगनासकाली गाउँपालिकाका प्रमुख आयुक्त दयाराज न्यौपाने र आयुक्त चनि कंवरले दीक्षित गराउनु भएको हो ।

सिद्धिमाविको सिद्धि स्काउटका विद्यार्थी उक्त समारोहमा सहभागी थिए ।शनिबार बाट सञ्चालन भएको फेलोसिप क्याम्प अन्तर्गत आइतबार साँझ क्याम्प फायरसहित विविध कार्यक्रम भएको थियो । सोमबार बिहान धर्मसभा गरिएको थियो भने दिउँसो दीक्षान्त समारोह सम्पन्न भएको हो ।

दीक्षान्त समारोह समापन कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपािलकाका प्रवक्ता टीका बहादुर थापाले स्काउटले अनुशासन र मर्यादा पालनमा सक्रिय भूमिका खेलने बताउदै सदैव सहयोगका लागि तयार रहेको बताउनु भयो ।
बगनासकाली स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले स्काउटीङ मार्फत बालबालीकामा भएको क्षमता विकासमा ठेवा पु¥याउने र अनुशासीत बनाउदै समाजलाइ आवस्यक पर्ने जनशक्ति निमार्णमा प्रमुख भूमिका खेल्ने बताउनु भयो ।
उहाँले यो आवमा बगनासकालीका २२ विद्यालयमा स्काउट स.चालन गर्ने गरि योजना बनाएको बताउनु भयो । कार्यक्रममा सिद्धि मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुवर थापा,सिद्धि माविका प्रधानाध्यापक ध्रुव न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्काउटले विद्यार्थीहरुलाई अनुशासित र स्वावलम्बी नागरिक बनाउन दीर्घकालीन महत्व राख्ने उहाँहरुको भनाई थियो ।

बगनासकाली गाउँपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको सिद्धि माविका स्काउट प्रशिक्षक आशा गाहाँले जानकारी दिनुभयो । दुइ रात तीन दिन सम्म चलेको क्याम्पमा प्रशिक्षक नेत्र गैरेले सहजकिरण गर्नुभएको थियो ।





















