दयाराज न्यौपाने
पाल्पा- खानीगाँउ स्वास्थ्य चौकीको वार्षिक समीक्षा तथा आव २०८२÷ ८३को योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । चौकीले सोमबार बगनासकाली गाउँपालिका ७ स्वास्थ्य चौकीको सभाहलमा आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य चौकीले गरेको कार्यक्रम तथा गतिविधिका सहित कार्य प्रगतिका विषयमा समीक्षा गरेको हो ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख जीवलाल बस्यालले वडाबाट २ हजार ९ सय ५० नागरिकले सेवा लिएको बताउनुभयो । प्रमुख बस्यालले १०२ जनाले उच्चरक्तचापको औषधी खाने गरेको र ४६ जनाले नियमित मधुमेहको औषधी खाने गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो जुन पालिका भरमै यो धेरै संख्यामा पर्दछ । उहाँले यस वर्ष १४ जनाले गर्ववती जाच गराएको,पोषण सेवा संचालन गरिएको बगनासकालीको स्वास्थ्य सेवालाई पारदर्शी, प्रभावकारी, जनमैत्री र सवैको पहुँचयोग्य बनाउन स्वास्थ्य चौकी लागि परेको बताउनु भयो । ८० वर्ष माथीका नागरिकलाइ लाईघरमै पुगेर वडाहरुबाट सेवा प्रवाहलाइ निरन्तरता दिएको समेत बताउनु भएको थियो ।गोष्ठीमा आगामी आवमा स्वास्थ्य चौकीको सेवामा गुणस्तर वृद्धि गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षालाइ निरन्तरता दिने, नसर्ने रोगको रोगथामलाइ समुदाय स्तरमा स्वास्थ्य शिक्षा पु¥याउने,तालिम हल निमार्ण गर्ने,पहुच मार्गलाइ व्यवस्थित बनाउने कार्यक्रम प्रस्तुत समेत गर्नुभएको थियो ।

वार्षिक समीक्षा गोष्ठीमा बोल्दै वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गणबहादुर बुढाथोकीले वार्षिक रूपमा गरेको कामको समीक्षासँगै सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्र नागरिकको जीवन सुरक्षित गर्ने संवेदनसिल क्षेत्र भएकोले यस तर्फ ध्यानदिनुपर्नेमा जोड दिनुभयो । उहाँले खानीगाउँमा दीर्घ रोगलागेका नागरिकको संख्या बढेकोमा चिन्ता व्यक्त गदै नियन्त्रणका लागि स्वास्थ्य कर्मीहरुले अझ सक्रियता बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा पत्रकार दयाराज न्यौपानेले पछिल्लो समय मानिसहरु नसर्ने रोगले आक्रान्त भएको उल्लेख गदै त्यसतर्फ सजग हुन आवश्यक रहेको औंल्याउनुभयो । स्वास्थ्यलाइ जनमैत्री र प्रभावकारी बनाउन स्वास्थ्यकर्मी समुदायमा परिचालन हुनुपर्ने न्यौपानेको भनाई थियो ।
कार्यक्रममा वडा सचिव हरिप्रसाद बस्याल,स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू,संचारकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । भने सोही अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा कार्यालयमा कार्यरत सि अहेव शान्ती खराललाइ पाल्पाली करुवा र फुलमालाले सम्मान गरिएको थियो ।





















