दयाराज न्यौपाने
पाल्पा
साउन २१ मनकारी,समाजसेवी पदम रानाले बगनासकाली २ पोखराथोकका उच्च शिक्षा अध्ययनरत प्रतिक रानालाई आर्थिक सहयोग गर्नुभएको छ ।
तानसेनको बेथल बोडिङमा कक्षा ११ मा अध्ययनरत रानाको कक्षा ११ र १२ को अध्ययन पूरा गर्ने लाग्ने ४७ हजार रुपैयाँ विद्यालयमै पुगी युवा नेता डेन्जीङ रायामाझी र अभिभावकको उपस्थितीमा विधालयका प्रिन्सीपल रुपचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको हो । समाजमा पछाडी परेका अध्ययनमा अवसर नपाएका बालबालिकालाइ निरन्तर सहयोग गर्ने गरि अगाडी बढेको अभियानका सल्लाहकार डेन्जिङ् रायमाझीले बताउनु भयो ।

पाल्पाको बगनासकाली २ पोखराथोक निवासी रानाले बालबालिकाका लागि अध्ययनमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग रकम हस्तान्तरण गर्नु भएको बताउनु भयो ।
रानाले कुनै पनि समस्याले अध्ययनमा बाधा पुगेको छ भने त्यस्ता विद्यार्थिहरुलाई नियमीत रुपमा सहयोग गर्ने समेत बताउनु भयो । समाजमा ’कुनै पनि हिसावमा पिछडिएको, आर्थिकरुपले अध्ययान गर्न समस्यामा परेका बालबालिकालाई हामीले सहयोग गर्ने छौं’, रानाले भन्नु भयो । आफुले त्यस्ता बालबालीकाहरुलाइ उच्च शिक्षा सम्म अध्ययनका लागि सहयोग गर्ने बताउनु भयो । युएईमा व्यवसाय गदै आउनु भएका पदम रानाले गरेको अनुकरणीय कार्यलाइ साधुवाद





















