दयाराज न्यौपाने
पाल्पा ,२९ साउन । नेपाल–भारत मैत्री संघ पाल्पाद्वारा भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मित्र राष्ट्र भारतको ७९औं स्वतन्त्रा दिवसमा “नेपाल भारत मैत्री अमर रहोस” भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो ।


कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले व्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खनालले सदियौँ पुरानो नेपाल र भारतका नागरिक सम्बन्ध र विश्वासका साथै भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भारत र नेपालको संस्कृति, भाषा र धर्मको अन्य मुलुकको तुलनामा विशेष सम्बन्ध रहेको बताउदै अगामी दिनमा पनि यस्तै नै रहने भन्दै सम्पूर्णमा स्वतन्त्रता दिवको शुभकामना दिनुभयो । प्मुख खनालले मैत्री संस्थाले खेलेको भूमिका स्रहनीय रहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नेपाल र भारतबीचको परापूर्वकालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउनुपर्ने बताउनुभयो । साथै दुबै देशका जनताबीच सुसम्बन्ध स्थापना गर्दे सामाजिक आर्थिक विकाशका विविध क्षेत्रमा परम्पर सहयोग र सद्भावलाई मूर्त रुप दिने, दिलाउने कार्य गर्नुपर्ने भन्दै स्वतन्त्रता दिवसको शुभकामना दिनुभयो ।


कार्यक्रममा नेपाल–भारत मैत्री संघ पाल्पा शाखाका अध्यक्ष कृष्णप्रसाद  श्रेष्ठले नेपाल भारतको संम्बन्ध निकै प्रगाण रहेको उल्लेख गदै मैत्री संघमार्फत भारत सरकारले एम्बुलेन्स,विद्यार्र्थीहरुलाइ शैक्षीक सहायता प्रदान गदै आएको बताउनु भयो ।

नेपाल भारत मैत्री संघ पाल्पाका सचिव कमल ढकालले नेपाल र भारत बिचको सम्वन्धलाइ थप मजबुद बनाउदै जान प्रतेक वर्ष शुभकामना कार्यक्रम गदै आएको बताउनु भयो ।

उहाँले नेपाल र भारतको सम्बन्धलाइ थप प्रगाण बनाउ सहयोग पुग्ने विस्वास समेत गर्नुभयो ।


कार्यक्रममा नेपाल भारत मैत्री संघ पाल्पाका पूर्व अध्यक्ष धनिस्वर बस्याल , शैनिक बोर्ड पाल्पाका प्रमुख क्यापटेन तुलाराज तामाङ, आर्दश भुपु सैनीक संघ रामपुरका अध्यक्ष पूर्ण बहादुर राना, नेपाल भारत मैत्री संघ पाल्पाका उपाध्यक्ष नारायण प्रसाद शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा भुपु सैनिक संघका पदाधिकारी, मैत्री संघका आजिवन सदस्यहरु,संचारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0