दयाराज न्यौपाने
पाल्पा पुष २ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी हुदैँ गएको छ । तानसेमा आयोजना गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रममा सेवा सुधार हुदैँ गएको निस्कर्ष निकालिएको हो ।


स्वास्थ्य निर्देशनालयको टोलीले आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पामा सेवा मापदण्डका बिषयमा बुधबार सरोकारवालासँग छलफल गर्दे न्यूनतम सेवा मापदण्डका आधारमा पाल्पाले ५९.८२ प्रतिशत अंक प्राप्त गरेको र यो नतिजा राम्रो मानिने जानकारी गराएको हो । गत वर्ष ५५.८ प्रतिशत रहेकोमा यो वर्ष चार प्रतिशतले बढेको जानकारी समेत गराइएको थियो ।
विभिन्न सुचकका आधारमा स्वास्थ्य केन्द्रले सो अंक प्राप्त गरेको हो । स्वास्थ्य केन्द्रको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, चिकित्सकीय रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायतका ४ सय ४४ वटा मापदण्डहरुको आधारमा केन्द्रलाई अंक प्रदान गरिएको कन्सल्टेण्ड आयुर्वेद विज्ञ डा.विभाकर ठाकुरले बताउनुभयो । न्युनतम सेवाका बारेमा मापडण्ड निर्धारणबारे प्रस्तुतीकरण गर्नु हुँदै श्रोत व्यक्ति ठाकुरले सुचकका बिषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।


उहाँले प्रक्रियागत रुपमा अनुगमन गरिएको र त्यसका आधारमा प्रस्तुतिकरण गरिएको डा.विभाकर ठाकुरले जानकारी दिनुभयो । उहाँले न्युनतम सेवा मापदण्ड भनेको पहिलो, दोश्रो र तेश्रोमा बर्गिकरण गर्नु नभएर सेवा प्रवाहमा देखिएको समस्या पहिचान गर्नु भएकाले यसले आगामी दिनमा नागरिकको सेवा प्रवाहमा समेत अझैँ मद्धत पुर्याउने बताउनुभयो ।
न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गदै आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पा निमित्त प्रमुख माधव प्रसाद बस्यालले मापदण्ड अनुसार दरबन्दी अभाव रहेको, विकास समितिको नभएको र सानो घरमा सेवा संचालन भएकाले सेवा प्रवाहमा समस्या भएको गुनासो राख्नु भएको थियो । उहाँले विद्यालय स्तरमा पनि योग कक्षा संचालन हुँदै आएको र जिल्लामा संचालित नागरिक आरोग्यता केन्द्रहरु सबै पालिकमा संचालन भएको उक्त कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । भने यस वर्षे योग शिक्षा कार्यक्रम कटौती भएकोमा गुनासो समेत राख्नु भएको थियो । निमित्त प्रमुख बस्यालले प्रन्चकर्म र पूर्वकर्मको सेवा लिने नागरिक बढ्दो रहेको समेत बताउनु भएको थियो ।


प्रस्तुतिकरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भवन अभावका कारण सोचे सेवा विस्तार हुन नसकेको बताउदै पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । मन्त्रालय तथा सम्वन्धीत निकाएबाट पहल गर्नु पर्ने बताउनु भयो । उहाँले गतवर्षको तुलनामा सेवा प्रदानमा सुधार भएको पाइएको समेत बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आयुर्वेद औषधालयले गाउँगाउँमा पुगेर गरेको सेवा प्रभावकारी रहेको उल्लेख गदै स्थानीय तहले समेत यसमा ध्यान दिन आग्ह गर्नुभयो । सहभागी वक्ताहरुले आयुर्वेदको सेवा प्रभावकारी बनाउँद मापदण्ड अनुसारका सुचक पुरा गर्न आगामी दिनमा सवै पक्ष जिम्मेवार हुनु पर्ने बताउदै ४० प्रतिशत कमजोरी माथिल्लो निकायबाट हुने गरेको बताउदै नसर्ने रोग बारे सचेतना कार्यक्रम र भान्सा व्यवस्थापन तथा स्तनपाइ कार्यक्रमलाई ध्यान दिन आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरे, जिल्ला समन्वय अधिकारी पुनाराम पौडेल,पाल्पा टेक्नीकल इन्टीच्युटका प्रमुख त्रिलोचन पौडेल,स्वास्थ्य आयुर्वेद चिकित्सकहरु,आयुर्वेद औषधालयका प्रमुखहरु,पत्रकार लगायतको सहभागीता रहेको थियो । प्रशासन शाखा प्रमुख शरिता केसीकोे स्वागत मन्तव्य तथा सूचना अधिकारी यज्ञ प्रसाद गैरे सञ्चालनमा कार्यक्रम चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0