दयाराज न्यौपाने
पाल्पा पुस २ ÷बगनासकाली गाउँपालिका ८ बराङ्दीको आयोजनामा ज्येष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम बराङ्दीमा सम्पन्न भएको छ ।

बगनासकाली ८ बराङ्दी भित्रका ४ जना असल बुहारी र ७५ बर्ष उमेर पुरा हुनु भएका ५ जना महिला र ३ जना पुरुष गरी ८ जना ज्येष्ठ नागरिकलाई,सम्मान पत्र पाल्पाली सल,करुवा, तथा सम्मानपत्र र मिष्ठान खाना खुवाई सम्मान गरीएको थियो ।

बगनासकाली गाउँपालिका ८का वडा सचिव नारायण तिमिल्सेनाले आ.व. ८२÷८३को बजेटबाट वडा कार्यालयको निर्णय बमोजीम असल बुहारीको छनोटको आधार सासु ससुरा संग सगै बसेको,असल व्यवहार प्रस्तुत गरेको हेरचाहा र थप माया स्नेहगरेको आधारमा बैठकले छनोट गरेको बताउनु भयो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका ८ का वडाध्यक्ष मोतिलाल बस्यालले बुहारी सम्मान र ज्येष्ठ नागरिकहरुको सम्मानले समाजलाई असलकर्मको बाटोमा लाग्न उत्प्रेरणा मिल्ने बताउदै समाज र देशको लागि गरेको योगदान निकै महत्त्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले सम्मान गर्ने पाउदा खुसी भएको बताउनु भयो । सम्मानित वेदकुमारी बस्यालले बुहारी सम्मान कार्यक्रमले जिम्मेवारी अझ थप भएको बताउनु भएको छ ।

सम्मान कार्यक्रमा सहभागी बराङ्दीका ज्येष्ठ नागरिकहरुले आफुहरुलाई वडा कार्यालयले सम्मान गरेकोमा खुसी व्यक्त गर्नु भयो कार्यक्रममा नेपाली कांग्रेसका गणेशप्रसाद बस्याल,नेकपा माओवादी केन्द्रका नेत्रप्रसाद बस्याल, टोल विकास समितिका संयोजक नमकला घिमिरे,पत्रकार महासंघ पाल्पाका सदस्य दयाराज न्यौपाने सम्मानित व्यक्तित्व केशवमणी बस्याललगायतले बोल्दै ज्येष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रमले सामाजिक न्याय र सामाजिक संस्कारको राम्रो विकास भएको बताउदै प्रतेक घर परिवारले सिको गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रम ज्येष्ठ नागरिक समन्वय समिति बराङ्दीका संयोजक चन्द्रकान्त बश्यालको अध्यक्षतामा सम्मान कार्यक्रम चलेको थियो ।























