दयाराज न्यौपाने
पाल्पा पुष ५ ÷ हातेमालो श्रम सहकारी संस्था लि.को प्रथम साधारण सभा बराङ्दीमा सम्पन्न भएको छ ।
सभामा वोल्दै प्रमुख अतिथी बगनासकाली गाउँपालिका ८ का वडा अध्यक्ष मोतीलाल बस्यालले श्रम सहकारी मार्फत रोजगारी सिर्जना गदै जानु पर्नेमा जोड दिनुभएको थियो । उहाँले हरेक विषय बस्तुमा सचेत हुदै काम गर्ने समेत आग्रह गर्नुभयो । प्रथम साधारणसभामा संस्थाको प्रगती प्रतीवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष कृष्णप्रसाद बस्यालले श्रम सहकारी पाल्पा जिल्लाको पहिलो सहकारी भएको र यो संस्था मार्फत आगामी दिनमा संस्थाको उदेश्य अनुरुप कार्यक्रम संचालन गदै जाने, वर्षमा कम्तिमा दुईवटा सामाजीक क्षेत्रमा श्रमदान गर्ने, तथा जिल्ला भर सदस्यता बिस्तार गर्ने योजना रहेको जानकारी दिनु भयो ।


आर्थिक प्रतिवेदन प्रस्तुत गदै कोषाध्यक्ष दधिराम बस्यालले संस्थामा हाल सम्म ८६ जना शेयर सदस्य रहेको र १२ लाख २२ हजार रुपैया बराबरको कारोबार गरेको बताउनु भएको थियो ।


कार्यक्रममा बगनासकाली सहकारी सञ्जालका संयोजक युवराज गैरे, पत्रकार महासंघ पाल्पाका सदस्य दयाराज न्यौपाने लगाएतले बोल्दै भिन्न प्रकृतिको सहकारी मार्फत रोजगारी सृजना गर्दै युवा शक्ति स्वदेश मै राख्न पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

साधारण सभामा जीवलाल बस्याल,पुरुषोत्तम न्यौपाने,चिरन्जीवि भट्टराइ,टोपराज बस्याल लगायतले सहकारीको मर्म अनुसार चल्न आग्रह समेत गर्नुभएको थियो ।


साधारण सभाले रित्त रहेको वरिष्ठ उपाध्यक्षमा एकराज भुसाल सह सचिव हुमराज बस्याल, सदस्यहरु त्रिलोचन बस्याल,नुरदेव बस्याल र राजु बस्याललाइ चयन गरेको छ भने, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा कृष्ण प्रसाद बस्याललाइ चयन गरेको छ । प्रथम साधारणसभा कृष्ण प्रसाद बस्यालको स्वागत मन्तव्य तथा समितिका  सचिव टिकाराम बस्यालको संचालनमा चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0