दयाराज न्यौपाने
पाल्पा पुस ८ । पाल्पा व्यापार संघको ८ औं साधारणसभा यही पुस १२ गते हुने भएको छ ।


पाल्पा व्यापार संघ पूर्ण कार्यसमितिको बैठकले यही पुस १२ गते शनिवार तानसेनको रातो घरमा साधारण सभा गर्ने निर्णय गरेको संस्थाका महासचिव तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

साधारण सभा मार्फत व्यापारीलाइ हित हुने कार्ययोजना निमार्णमा टेवा पुग्ने विस्वास लिएको अध्यक्ष बिष्णुबहादुर कार्कीले जनाकारी दिनुभयो । साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले गर्ने कार्यक्रम रहेको छ । साभारण सभाको तयारी तीव्र रुपमा भैरहेको संस्थाको सचिव तथा प्रचार प्रसार समितिका संयोजक अम्बिका तिमिल्सेनाले जनाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0