दयाराज न्यौपाने
पाल्पा पस १७ । प्रथम बगनासकाली रनिङ शिल्ड प्रतियोगिता–२०८२ विहिबार देखि भव्य रूपमा सुरु भएको छ ।
बगनासकाली –१, स्थित चिलाङ्दी खेलमैदानमा सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा २ सय ५० जना खेलाडीको सहभागिता रहेका छ । प्रतियोगीताको उद्घाटन बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गर्नुभयो । प्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले विद्यार्थीहरूमा रहेको सीप र कलालाई उजागर गर्दै पालिका स्तरबाट माथि उठेर केन्द्रसम्म पुग्न उत्प्रेरण मिल्नेमा आफु विस्वस्त रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो हार र जीत मात्र नभएर एक आपसममा सद्भाव कायम राख्न र शैक्षिक गुणस्तरमासमेत टेवा पुग्ने गरि कार्यक्रम अयोजना गरेको बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले बगनासकालीले खेल क्षेत्रमा समेत प्रगति गरेको उल्लेख गदै खेलाडीहरुले खेलका क्रममा अनुशासित हुनुपर्ने बताउनु भयो । उपाध्यक्ष पाठकले भन्नुभयो “खेलाडीहरू अनुशासित भएर मैदानमा उत्रिँदा मात्र सफलता मिल्छ । खेलाडीमा सधै अनुशासन र मेहनति हुनु आवश्यक छ ।”

उद्घाटन समारोहम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेलले खेलाडीहरूले भोलिका दिनमा राष्ट्रकै पहिचान बोक्न सक्ने गरी तयारी गर्नुपर्ने बताउनु भयो । वडा नं. ३ का वडा अध्यक्ष तथा प्रवक्ता टीका बहादुर थापाले साथी–साथीबीचको स्वस्थ प्रतिस्पर्धाले नयाँ कुरा सिक्न मद्दत गर्ने बताउनु भयो ।
प्रतियोगीता पुस १९ गतेसम्म सञ्चालन हुने बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख निसा पाण्डेले बताउनु भयो ।

उद्घाटन समारोहमा पालिकाभित्रका वडाध्यक्ष, कार्यापालिका सदस्य, वडा सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारीको सहभागिता छ ।
५ का वडा अध्यक्ष ओम प्रकाश गैरेको अध्यक्षता र ग्राम्य माविका प्रधानाध्यापक दयाराज कंडेलको सञ्चालनमा सम्पन्न भएको होे । पहिलो दिन छात्र,छात्रा तर्फ २०० मिटर, ४०० मिटर, ८०० मिटर, १ हजार ५ सय मिटर, र त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट रिले ४ ×४०० मिटरको खेल सम्पन्न भएको शिक्षा शाखा प्रमुख निसा पाण्डेले जानकारी दिनुभयो ।























