दयाराज न्यौपाने
पाल्पा – प्रथम बगनासकाली रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी चन्द्र मावि चापपानीले हात पारेको छ । चन्द्र माविले ८ स्वर्ण, ६ रजत र १ काँस्य गरी १५ पदक जितेर प्रथम स्थान हासिल गरेको हो । विष्णु माध्यमिक विद्यालय पोखराथोकले ७ स्वर्ण, ४ काँस्य गरी ११ पदक जितेर दोश्रो स्थानमा रहेको छ । राम मावि राम्दी मलेङले ४ स्वर्ण ४ रजत र ५ काँस्य गरी १३ पदक जितेर तेश्रो स्थान प्राप्त गरेको छ ।

बिहीवार देखि जारी प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका १० सामुदायिक विद्यालयले सहभागीता जनाएका थिए । शिक्षा शाखा प्रमुख निसा पाण्डेका अनुसार प्रतियोगितामा २ सय ५० विद्यार्थीहरु सहभागी रहेका थिए । भने ५० जना खेलाडीहरु पालिका बाट जिल्लामा हुने खेलको लागि समेत छनोट छनोट भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने विद्यालय, खेलाडी र उत्कृष्ट खेलाडीलाई पालिका अध्यक्ष सरस्वती चिदी,उपाध्यक्ष हरि प्रसाद पाठक,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,प्रवक्ता टीका बहादुर थापा लगायतले मेडल, ट्रफि, कप र प्रमाण पत्र प्रदान गर्नु भएको छ ।
प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रशिक्षक, निर्णकर्ता, संघ संस्था, विद्यालयलाइ सम्मान समेत गरिएको थियो । प्रतियोगिता समापनका अवसरमा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने बताउनु भयो । उहाँले खेलकुद साझा उत्सवका रुपमा रहेको प्रगितयोगितालाई सबै क्षेत्रबाट सहयोग गरिएकोमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । खेलाडीको अनुशासन र नागरिक सहभागीताले प्रतियोगितालाई रोमाञ्चकारी बनाएको बताउनु भयो । पालिकाको खेलकुद विकास समितिका संयोजक ओम प्रकाश गैरेले खेलकुदका माध्यमबाट परिचित हुदै गएको बताउनु भयो ।
ग्राम्य माविका प्रधानाध्यापक दयाराज कंडेलको सञ्चालनमा सम्पन्न भएको हो ।विजेता चन्द्र माविले बाजा गाजा सहित बगनासकालीका केही क्षेत्रमा विजय ¥याली प्रर्दशन समेत गरेको थियो ।























