दयाराज न्यौपाने
पुस २० गते । नेपाल मगर संघ बगनासकाली समिति पाल्पाको तेश्रो अधिवेसन सम्पन्न भएको छ ।

पालिका अधिवेशनले थमन सिं रानाको अध्यक्षतामा १५सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरी अधिवेशनबाट भिमिसरा खाम्चा उपाध्यक्ष, रिजन कंवर सचिव, लोकेन्द्र दिसुवा सहसचिव र अनिता गाहा कोषाध्यक्षमा चयन हुनुभएको छ । भने सदस्यहरूमा नेत्रविर गाहा,हेमकला कंवर,पविसरा दर्लामी,श्रीबहादुर कंवर,रुद्र बहादुर गाहाँ,हिरा कनौजे,तेज कुमारी कनौजे,स्याम बहादुर दर्लामी,मनिसा खाम्चा गाहा र दुरुपता सोमै चयन हुनुभएको बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिका गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य टेक बहादुर रानाले मगर एकता र जातीय पहिचान जोगाउन सबैएक ठाउँमा रहनु पर्ने जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघका जिल्ला उपाध्यक्ष शेर बहादुर सोमैले नेपाल मगर संघलाइ वडा तह सम्मै पुगेर हक अधिकारका बारेमा सचेतना फैलाउन आवस्यक रहेको बताउदै मगर एकता आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकालीमा भाषा, कला र र सस्कृति जोगाउन पहल गरेको उल्लेख गदै एकताले पहिचान जोगाउन सहज हुने बताउनु भयो । गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले विविधता सहितको एकता नै समाजको सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मगर संघका विभिन्न तहका प्रतिनिधि लगायतको सहभागिता थियो ।नेपाल मगर संघ बगनासकालीका सचिव भिमिसरा खाम्चाको अध्यक्षतामा सम्पन्न अधिवेशन समारोह दिलिप कुमार गाहाँको संचालनमा चलेको थियो ।भने अधिवेसनले जिल्ला प्रतिनिधिको रुपमा थमन सिं थापा, दिलमाया चिदी, र थमन सि रानालाइ सिफारीस गरेको हो । बगनासकाली गाउँ पालिकामा करिव ४५प्रतिशत मगर समुदायको बसोबास रहेको छ ।





















