दयाराज न्यौपाने
पाल्पा
पाल्पाको बगनासकाली १ चितुङ्धारा खोरबारी गाउँको मगर समुदायमा बसोबास गर्ने सरस्वती दर्लामी (चिदी) पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । २०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित चिदी लुम्बिनी प्रदेशकै एक्ली गाउँपालिका अध्यक्ष हो ।


हल्की, निडर र शालिन व्यक्तित्वको रूपमा स्थापित सरस्वती यसअघि गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँसँग नेतृत्व क्षमता अद्भूत रहेको छ । नेतृत्वमा अव्वल रहनु भएकी चिदी गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्य रहनु भएको छ भने, हालै सम्पन्न नेकपा एमालेको ११ औँ केन्द्रीय महाधिवेसनबाट खुला तर्फ अत्याधिक मतका साथ केन्द्रीय सदस्य समेत बनेर नयाँ उचाई हासिल गर्नुभएको छ । तार्किक कुरा गर्ने रुचाउने उहाँमा असल नेतृत्वमा हुने धेरै गुण छन् । यो सामान्य परिवारवाट आएका नागरिकका लागि ठुलो उपलव्धी हो ।


समयसँगै आफूलाई सदाबहार बनाउन सक्ने प्रशस्त खुबीकै कारण हरेक काममा सफलता मिल्दै आएको छ । सासु,छोरा, छोरी र श्रीमान सगै खोरबारीमा बस्दै आउनु भएकी चिदी घरको काम सकेर सिगो पालिकाको नेतृत्व गदै आउनु भएको छ । केही समय अघि भारतीय सेनाबाट सेवा निवृत श्रीमान अहिले प्रणघातक रोगको कारण संघर्षमा हुनुहुन्छ । श्रीमानलाइ एक्लै लिएर बिभिन्न अस्पताल पु¥याउदाका अनुभव सुनाउदै उहाँ भन्नु हुन्छ “ रोग लाग्नु भन्दा पनि बेथा पत्ता लगाउनै धेरै गाहे एता पालिकाको जिम्मेवारी उता श्रीमानको रेख देख केही समय त अत्ततालिए तर समय सगै आफुलाइ समाल्नु पर्छ भन्ने आत्म विश्वास बढ्यो उपचारमा ६ महिना काठमाडौ रहदा दुवै तर्फको काम गर्ने तेती सहज थिएन् तर हिम्मतकै कारण दुवै सफलता मिल्यो ”।


सानै उमेर देखी सामाजीक काममा रचि रहेको उहाँलाइ समय सगै धेरै जिम्मेवारी पनि सगंसगै आए । विभिन्न संघसंस्था र सहकारी, वडा नागरिक मञ्च, महिला स्वास्थ्य स्वयंसेविका भएर काम गदै आउनु भयो । उहाँ २०७४ सालको पहिलो स्थानीय तह निर्वाचन अघि एमालेको गाउँ कमिटी उपाध्यक्षको जिम्मेवारी पुरा गरेकै कारण पालिका उपाध्यक्ष बन्नु भएको थियो । उहाँ अनेम संघ पाल्पाकी उपाध्यक्ष समेत बनेर काम गर्नुभएको थियो ।


जुझारूपन, आत्मविश्वास,आँट र क्षमता ४४ वर्षीया चिदीमा झल्किन्छ । अध्यक्ष भएकी उहाँले ५ वर्ष उपाध्यक्ष भएर काम गरेको अनुभव समेत रहेको छ । उहाँले भन्नुभयो आफू पालिकामा आएपछि महिला सहभागितालाई प्राथमिकता दिएको र अधिकांश ठाउँमा कम्तीमा ५० प्रतिशत सहभागिता सुनिश्चित गराएको बताउनु भयो ।
चिदी भन्नुहुन्छ “घरको काम सगसगै महिलालाई नेतृत्व तहमा पुग्न त्यति सजिलो छैन । तर, जसरी पनि हिम्मत गर्नुपर्छ”। ‘गाउँपालिकाको नेतृत्वमा महिला हुँदा समग्र महिलाको आत्मविश्वासमा फरक पर्ने मैले अनुभव गरेको छु । महिला नेतृत्वमा पुग्दा धेरै महिलामा आत्मविश्वास बढाउँदोरहेछ, आफ्ना समस्या समाधान हुने परिस्थिति बन्छ भन्ने भरोसा मिल्ने रहेछ ।” घरको काम सगै धेरैको दैनिकी चुलो र चौकोमा बितेको उल्लेख गदै सबैलाइ नेतृत्वमा ल्याउन सके घर र समाजमा समेत सकारात्मक अनुभुति गर्ने सकिने उहाँ बताउनु हुन्छ ।


‘अवसर पाएपछि जो कोहीले पनि समाज र देशका लागि नेतृत्व गर्न सक्छ । त्यो अवस्था मलाई पनि आयो,’ सरस्वतीले भन्नु भयो । विक्रम संवत् २०३८ मंसिर २८ गते अर्घाखाँचीको साविक १ अड्गुरी गाविस हालकोे पाणिनी गाउँपालिका ७ मा जन्मनु भएकी सरस्वती चिदी आमाबुबाको ८ औ सन्तान मध्ये छैटौँ सन्तानको हो । उहाँ २०५६÷०५७ मा क्याम्पस पढ्दा अनेरास्ववियूको सदस्य बने संगै राजनीति प्रवेश गर्नुभएको थियो । पाणिनी बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्नुभएको हो । उहाँको विवाह २०५९ साल भदौमा भयो । विवाह भएपस्चात बुहारीको रुपमा आए सगै राजनीतिमा पनि निष्क्रिय रहनुभयो ।
सामाजिक संरचनाकै कारण महिलालाई नेतृत्वमा पुग्न र टिक्न धेरै चुनौती रहेको अनुभव सुनाउदै उहाँ भन्नु हुन्छ । घरको काम समाज सगै राजनीति त्यती सजीलो छैन् कतीपय ठाउँमा महिला भएकै कारण के गर्लानर भन्ने गरेको समेत सुनेकी छु तर, हिम्मत गरेर अगाडि बढे कसैले रोक्न सक्दो रहेन छ । चिदीको निचोड छ । सबैले नेतृत्वमा आउने प्रयास गर्नुपर्दछ ।
“आर्थिक रुपमा बलियो हुनुपर्ने बताउदै घरको काम सबै धान्दा पनि केही गरिनस् भन्ने समाजमा अहिले पनि जिउकोतिउ छ । मिल्छ भने केही न केही पैसा आउने काममा ध्यान दिन जरुरी रहेकोमा उहाँको जोड छ । पैसा हुदाँ र नहुदामा धेरै फरक हुँदो रहेछ आट आत्मविस्वास समेत गुमेको अनुभुति आफु संग रहेको उहाँ बताउनु हुन्छ । परिवार सम्माल्ने काममा महिला दिदी बैनीको ठुलो त्याग छ तर अझै सबै ठाउँमा बुझाइ पुगेको छैन्” । ‘महिलालाई अनेक बहानामा रोक्न खोजिन्छ, जसोतसो गए पनि विश्वास गरिँदैन । तर, मैले त्यो सबै भ्रम चिनुपर्छ भन्ने अठोट र दृढ संकल्पका साथ काम गरें र सफलता पाउदै छु । अझै पाउछु भन्ने लागेको छ’, उहाँले भन्नुभयो, ‘म प्रमुख भएपछि पनि धेरैले स्वीकार गर्न गाह्रो पाएँ, कति पटक मेरो मोबाइलमा फोन गर्दा मेरा आवाज सुनेर अध्यक्षज्यूलाई दिनुस् न भनेको समेत अनुभव छ । यो सुन्दा यो संरचना भत्काउन कठिन रहेछ भन्ने स्मरण हुन्छ ।
‘ बगनासकाली गाउँपालिका विभिन्न सम्भावना भएको गाउँपालिका हो । महिलाले गरेको पालिका उत्कृष्ट भयो है भन्ने गरि काम बढाएको उहाँको भनाइ छ । सबैसँग सहकार्य गरेर नमूना पालिका बनाउनेछौं, गाउँपालिका बालमैत्री, पूर्ण र संस्थागत सुत्केरी गाउँपालिका घोषणालाइ निरन्तरता दिइएको छ । अनेकन बाधा अवरोधका वीच सर्घष केहो भन्ने उहाँलाइ मनले नै सिकायो र टार्ने पनि मनले नै । समय संगै घरको ,छोराछोरीको स्याहार,नाता पाता समाजमा आमा दिदी बैनीको भुमीका पुरा गदै स्थानीय सरकारको समेत असल नेतृत्व गदै आउनु भएको छ । अनेकौं जटिलता छिचोलेर सफलताको मार्ग पछ्याएकी चिदीको संघर्षबाट शिक्षा लिने धेरै ठाउँ रहेको छ । ‘सरस्वती चिदीको जीवन संघर्षबाट अरूलाई पनि उत्प्रेरणा र ऊर्जा मिल्छ।’ दुःख झेलेर सफलताका पाइला चालिरहनु भएकी चिदी धेरैका लागि दृष्टान्त बन्न सक्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0