दयाराज न्यौपाने
फागुन ÷ राम माध्यमिक विद्यालय बगनासकाली ४ राम्दी मलेङगको ७० औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन भएको छ ।


वार्षिकोत्सव कार्यक्रमा विद्यालयको वार्षीक प्रतिवेदन प्रस्तुत गदै विद्यालयका निमित्त प्रधानाध्यापक गोविन्द पाण्डेले १ करोड ५३ लाख ८४ हजार रुपैयाँको आय व्याय विवरण प्रस्तुत गदै ९८ बटा अक्षयकोष स्थापना मार्फत ८ लाख रुपैया स्थापना भएको जानकारी गराउनु भएको थियो । उहाँले सस्कार सहितको शिक्षालाइ बिशेष जोड दिएको समेत बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले शैक्षिक विकासमा निरन्तर लाग्न आग्रह गदै शैक्षीक गुणस्तरमा ल नै विद्यालयको गरिमा जोगाउन सकिने उल्लेख गर्नु भएको थियो ।

समारोहमा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, शिक्षा शाखा प्रमुख निसा पाण्डे,पूर्व प्रअ डोलराज बस्याल, स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपाने,दर्लम माविका प्रअ डिल्लीराज गैरे,विद्यार्थी शौरभ भट्टराइ, सामाजिक श्रोत विकास केन्द्रका प्रमुख पिताम्बर बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गदै सामुदायिक विद्यालयको गरिमा जोगाउदै सम्मानित विद्यालयको रुपमा लैजान सबैको पहल आवस्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयको वार्षीक परिक्षामा प्रथम,द्धितीय,र तेश्रो हुने बिद्यार्थीहरु तथा जेहनदारबिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो ।

साथै अक्षयकोष मार्फत प्राप्त भएको रकम बाट ४६ जना विद्यार्थीहरुलाइ नगद पुरस्कार समेत प्रदान गरिएको थियो । सोही अवसरमा विद्यालयलाइ कार्यरत शिक्षक विद्यार्थी सहित सहयोग पु¥याउने व्यक्तित्वहरुलाइ सम्मान पत्रले सम्मान गरिएको थियो । भने गतवर्ष एस सी इ र कक्षा ११ र १२ मा उत्कृष्ट हुने प्रथम हुने विद्यार्थीहरुलाइ समेत सम्मान गरिएको थियो ।


भने लोक गायक गणेश न्यौपानेको सास्कृतिक प्रस्तुति रहेको थियो भने,बालबालिकाहरुले भजन समेत प्रस्तुत गरेका थिए । समारोहमा शिक्षक गोपी बस्याल र विद्यार्थी नित्यराज गैरेकोे स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक ओमप्रकाश न्यौपानेको संचालन तथा राम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा समारोह चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0