काठमाडौं । प्रतिनिधिसभा बैठक शुरु भएको छ । बालुवाटारमा भएको शीर्ष नेताहरुको बैठक निष्कर्षमा पुग्न नसकेपनि एमाले संसद्को अवरोध हटाउन तयार भएको हो।
सुन तस्करी प्रकरणमा संसदमा गृहमन्त्रीको जवाफ सुन्न भए एमाले तयार भएका हो। अहिले ३ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने छन्।
संसदमा गृहमन्त्री श्रेष्ठको जावाफ सुन्न एमाले तयार भएको सचेतक महेश बर्तौलाले बताए ।गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने उनको भनाइ छ। उनले अहिलेको अवस्था हेरेर पनि बैठक खोज्ने निर्णयमा पुगिएको बताए। उनले अहिलको समितिले अनुसन्धानलाई निष्कर्षमा नपु¥याए अरु संयन्त्र बनाउन सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0