२३ साउन, जनकपुरधाम । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नै नदीले बगाएको हो ।
कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुवै जनालाई बाढीले बगाएको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0