पाल्पा । तानसेन नगरपालिका–७, काजीपौवाका एन्जल रेग्मी र रजत रेग्मीलाई सम्मान गरिएको छ ।

जिल्ला तेक्वान्दो संघ पाल्पाले पदक विजेता दुइ दाजुभाई लाई सम्मान गरेको हो । भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा एन्जलले एक स्वर्ण र दुई कांस्य पदक जितेका छन् भने उनका दाजु रजनले एक रजत र दुई कांस्य पदक जितेका हुन् ।

तेक्वान्दो एसोसिएसन अफ भारतले ४ देखि ६ अगस्तमा भारतको हैदरावाद तेलंगनामा प्रतियोगिता आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0