दयाराज न्यौपाने
पाल्पा साउन ३०/ बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति समीक्षा बैठक सम्पन भएको छ । प्रगति समीक्षा कार्यक्रममा पालिकाका बिसयगत शाखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति,चुनौती र सम्भावनाका बिषयमा प्रस्तुति राख्नु भएको थियो ।
गत आर्थिक बर्षमा ४०५ वटा योजनाहरु संचालन भएको र ५ किलो मिटर कालोपत्र गरेको छ भने सामाजिक सुरक्षभत्ता बितरणलाई वडा तहमा पुर्याइएको जानकारी दिनु भयो । भने पाल्पा जिल्ला मै पहिलो ल्याव सेन्टरको सुरुवात भएको समेत जानकारी गराइएको थियो ।
गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक बर्ष ७९/८० मा ७७ लाख आन्तरिक आम्दानी भएको बताउदै बित्तीय तर्फ ८९.१७ प्रतिशत प्रगति भएको बताउनु भएको थियो । पालिकाले योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो ।सो अवसरमा राजस्व असुलि, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भुमिका खेल्ने बताईएको छ । वार्षिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्स्वती चिदीले आर्थिक बर्ष ०७९/०८० उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा बनाएको योजना सहित समग्र क्षेत्रको विकास गरिने उहाँको भनाइ थियो । कर्मचारीहरुको प्रभावकारी सेवा प्रवाहका कारण बित्तीय र भौतिक प्रगति उल्लेखनीय भएको बताउदै उहाले जन प्रतिनिधीहरूले कर्मचारीलाई निरन्तर सहयोग पुर्याउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद पाठकले गत बर्षको तुलनामा व्यवस्थित र परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने उहाँको भनाइ थियो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडी बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नु भयो । प्रवक्ता टीका बहादुर थापाले एक बर्षमा गरिएको कामको आधारमा थप काम गर्ने प्रेणा मिल्ने बताउदै योजना समयमै सम्पन गर्ने सहयोग गर्ने उपभोक्तहरु र निर्माण ब्यवसायीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बगनासकाली पत्रकार समुहका उपाध्यक्ष नेत्र गैरे , कृष्ण भुसाल ,यमलाल तिमिल्सिना लगाएतले बोल्दै हाम्रो बगनासकाली ,राम्रो बगनासकाली बनाउनु सबैको अहम भुमिका हुने कुरामा जोड दिनुभएको थियो । वार्षिक प्रगति समीक्षा बैठकमा वडा अध्यक्षहरु,वडा सदस्यहरु कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




















