दयाराज न्यौपाने
पाल्पा साउन ३०- बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०७९-०८०को वार्षिक प्रगति समीक्षा बैठक सम्पन भएको छ ।
प्रगति समीक्षा कार्यक्रममा पालिकाका बिसयगत साखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति,चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राख्नु भएको थियो ।

गत आर्थिक बर्षमा ५०५ वटा योजनाहरु संचालन भएको र ५ किलो मिटर कालोपत्र गरेको छ भने सामाजिक सुरक्षभत्ता बितरणलाई वडा तहमा पुर्याइएको छ । भने पाल्पा जिल्ला मै पहिलो ल्याव सेन्टरको सुरुवात भएको समेत जानकारी गराइएको थियो ।

गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक बर्ष ७९-८० मा ७७ लाख आन्तरिक आम्दानी भएको बताउदै बित्तीय तर्फ ९१.१७ प्रगति भएको बताउनु भएको थियो । पालिकाले योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो ।सो अवसरमा राजस्व असुलि, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भुमिका खेल्ने बताईएको छ ।

वार्षिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्स्वती चिदीले आर्थिक बर्ष ०७९-०८० उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा बनाएको योजना सहित समग्र क्षेत्रको विकास गरिने उहाँको भनाइ थियो ।
कर्मचारीहरुको प्रभावकारी सेवा प्रवाहका कारण बित्तीय र भौतिक प्रगति उल्लेखनीय भएको बताउदै उहाले जन प्रतिनिधीहरूले कर्मचारीलाई निरन्तर सहयोग पुर्याउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद पाठकले गत बर्षको तुलनामा व्यवस्थित र परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने उहाँको भनाइ थियो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडी बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नु भयो । प्रवक्ता टीका बहादुर थापाले एक बर्षमा गरिएको कामको आधारमा थप काम गर्ने प्रेणा मिल्ने बताउदै योजना समयमै सम्पन गर्ने सहयोग गर्ने उपभोक्तहरु र निर्माण ब्यवसायीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बगनासकाली पत्रकार समुहका उपाध्यक्ष नेत्र गैरे , कृष्ण भुसाल ,यमलाल तिमिल्सिना लगाएतले बोल्दै हाम्रो बगनासकाली ,राम्रो बगनासकाली बनाउनु सबैको अहम भुमिका हुने कुरामा जोड दिनुभएको थियो । वार्षिक प्रगति समीक्षा बैठकमा वडा अध्यक्षहरु,वडा सदस्यहरु कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा भने उत्कृष्ट कर्मचारीको रुपमा ७ जना कर्मचारीहरुलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।





















