दयाराज न्यौपाने पाल्पा साउन ३० / बगनासकाली गाउँपालिकाले उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत र विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक प्रगति तथा समीक्षा को अवसरमा शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको अध्यक्ष सरस्वती चिदीले बताउनु भयो ।

उहाँले शिक्षा क्षेत्रको बिकास र गुणस्तरीय शिक्षाको लागि हौसला बढाउने उदेश्यले नै सम्मान कार्यक्रम गरेको बताउनु भयो ।

उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालयलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा एस.सि .इ तर्फ गुगां माध्यमिक बिधालयका बगनासकाली ६ का सुधिका खडाल र अमृत बस्याल त्यस्तै देववाणी माध्यामिक बिधालय तानसेन बाट सामुदायिक बिधालय तर्फ जिल्ला मै प्रथम हुन सफल बगनासकाली ७ कि ममता भट्टराई पुरस्कृत हुनुभएको हो ।

उहाँलाई जनही ५ हजार रुपियाँका दरले नगद प्रदान गरिएको छ ।  त्यस्तै कक्षा ८ तर्फ बगनासकालीमा उत्कृष्ट हुने बगनासकाली गाउँपालिका ४ राम माध्यमिक बिधालयका शौरभ भट्टराई र सचिन न्याैपाने तथा ग्राम्य माध्यमिक बिधालय बगनासकाली १ चितुङ्गधाराकि रमिला चिदि रहनुभएको छ । उहाँहरूलाई समेत जनही ५ हजार रुपियाँसहित पुरस्कृत गरिएको गाउँ पालिकाका उपाध्यक्ष प्रसाद पाठकले जानकारी दिनुभयो ।

पुरस्कृत सुधिका खडालले गाउँपालिकाले गरेको सम्मानले निकै खुशी बनाएको बताउदै उच्च शिक्षामा अझ उत्कृष्ट हुन लालायित बनाएको बताउनु भयो ।

पालिकाभरिको उत्कृष्ट विद्यालयको रूपमा बगनासकाली गाउँपालिका वडा नम्बर ६ यम्घाको गुगां माध्यमिक विद्यालय र प्रधानाध्यापक जनार्दन अधिकारीलाई सम्मान गरिएको छ । सम्मानको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0