तानसेन। पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पहिरोले पुरिदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएको हो ।
दुर्घटनामा मृत्यु हुनेको सननाखत हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको छ ।
स्थानीय र प्रहरी सहितको टोली उद्दारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ ।
दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1





















