पाल्पा

यही भदौ २१ गते विहिवार तानसेनमा मनाइने २०३ औ भगवती रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ। श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समिती तानसेन पाल्पाले सोमवार पत्रकार सम्मेलन गरी भगवती जात्रा विजयउत्सव लाई भव्य बनाउने गरी मन्दिरमा सरसफाइ , सिसि क्यामेरा जडान सहित तयारी भईरहेको जनाएको छ ।

गुठी व्यबस्थापन समितीले ९ वटा विभिन्न उप समिति गठन गरी विजय उत्सवलाई भव्य बनाउन लागि परेको छ । गुठी व्यबस्थापन समितिले प्रकाशनाथ गोङ्गालको संयोजकत्वमा आर्थिक व्यबस्थापन उप समिति, सुशील प्रधानको संयोजकत्वमा झाँकी व्यबस्थापन प्रचार प्रसार उप समिति, मुल पुजारी हिक्मत बहादुर बज्राचार्यको संयोजकत्वमा पुजा व्यबस्थापन उपसमिति, पुरन महर्जनको संयोजकत्वमा वलि, पिपा, बजा व्यबस्थापन उपसमिति, दिपेन्द्र बज्राचार्यको संयोजकत्वमा प्रसाद व्यबस्थापन उपसमिति, सुशिला श्रेष्ठको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, वसन्तमान सिमाङ्गैडाको संयोजकत्वमा मन्दिर सरसफाई रंगरोगन उपसमिति, ज्ञान कुमार बज्राचार्यको संयोजत्कत्वमा भजन व्यबस्थापन उपसमिति, सुरेश लिगल र सुरेन्द्रमान कर्माचार्यको नेतृत्वमा स्वयमसेवक रथयात्रा रुट उपसमिति गठन गरिएको समितिका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिनुभयो ।

विजयउत्सवको अघिल्लो दिन ८ बजे देखि मन्दिरमा विधिवत पुजा शुरु गर्ने, भजन कृतन गर्ने, राति साढे ११ बजे देखि पौनी १२ बजे भित्र बजार घुमाउने रथलाई ३ पटक सम्म परिक्रमा गराउने र भगवतीको मूर्ति राख्ने कार्यक्रम रहेको समितिले जनाएको छ । भदौ २१ गते साढे १२ बजे देखि १ बजेको बीचमा विजयउत्सव स्वरुप भगवतीको रथ उठाउने कार्यक्रम रहेको र सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विशिष्ट अतिथिको रुपमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाको सहभागिता रहने कार्यक्रम रहेको समितिका सचिव प्रकाशनाथ गोङ्गालले बताए । जात्राको दिन श्रीनगर यातायात सेवा प्रालीले यातायातमा मा ५० प्रतिशत छुट दिने गरि तयारी भएको समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले भगवतीजात्रा विरता र ऐतिहासिकता संग जोडिएको पर्वको रुपमा रहेको बताउदै समितिले गुठीको सम्पत्ति खोजीगरि आगामी दिनमा अक्षयकोषको रकमबाटै जात्रा संचालन गर्न सकिने गरी काम गर्न समितिलाई अध्यक्ष रानाले सुझाव दिनुभएको थियो । समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार केदारलाल श्रेष्ठले विगतमा हुँदै आएको जात्रा संचालनको अवस्थाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी पत्रकार लगाएतले जात्रालाइ सबैक्षेत्रको अपन्त्व बनाउन समितिलाई सुझाव दिनु भएको थियो । समितिका सदस्य पदम न्यौपानेले मन्दिरको गरिमा बढाउने काममा समितिलागि परेको बताउनु भएको थियो ।


भगवती रथ यात्राको दिन गत बर्ष देखि लुम्बिनी प्रदेशले पाल्पा जिल्ला भर सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0