पाल्पा । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कडेल निर्वाचित हुनुभएको छ ।

कडेलले प्युठानका हरि प्रसाद रिजाललाई २ मतले पराजित गरेर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

मंगलबार भएको मतदानमा अध्यक्ष पदका आकंक्षी रिजालले ४ सय ७७ मत प्राप्त गर्नुभयो भने कडेलले ४ सय ४७९ मत प्राप्त गर्नुभयो ।

गएको शनिबार देखि सुरु भएको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष सहित केही पदाधिकारी र सदस्य पदमा सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0