दयाराज न्यौपाने
पाल्पा 22  भदौ प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा शुक्रवार तानसेन  स्थित आफ्नै कार्यालयमा तीज मिलन तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।


प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीका अनुसार तीज कार्यक्रममा सहभागीहरुले हिन्दु नारीहरुको महान ठूलो पर्व तीजले एकता, सद्भाव र सम्बृद्धि स्थापित गरोस् भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

तीज मिलन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेले नारीहरुको सुखदुःख बिसाउने र एक आपसमा शुभकामना साटासाट गरेर मनाइने तीज पर्वले स्नेहिता प्रदान गर्ने उहाँको भनाइ थियो ।
यस्तै नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरेले यस्ता पर्वहरुले एक आपसमा भेटघाट गराउने र एकता प्रदान गर्ने विश्वास व्यक्त गर्दै आयोजनाकालागी आभार व्यक्त गर्नु भयो ।

नेकपा एमालेका पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे ले प्रेस चौतारीले गरेको रचनात्मक कार्यले अन्य संगठनहरुलाइ समेत सिकाइ भएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज कमलराज तिमिल्सिनाले महिला पत्रकारहरुलाई एकत्रीत गर्दै मौलिक परम्परालाई निरन्तरता दिने उदेश्यका साथ पाल्पाले अभियानका रुपमा गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नु भएको छ।


प्रेस चौतारीका सचिवालय सदस्य भुवन रायमाझीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा , पुर्वखोला गाउँपालिका उपाध्यक्ष गोमता भट्टराई , निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ , अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष गीता पाण्डे , एमाले तानसेन नगर उपाध्यक्ष शशी श्रेष्ठ , प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन बिक ,अक्षयकोषदाता तुल बहादुर अधिकारी लगाएतले शुभकामना दिनुभएको थियो ।

प्रेस चौतारी कार्यक्रममा बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेले सञ्चालन गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नाचगान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0