पाल्पा–नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दूरजात्रा गर्दै भगवती खटयात्रा निकालिएको छ ।

नेपाली फैजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती भगवती जात्रा निकालिएको हो । पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिह थापाले युद्ध जितेको सम्झनामा २ सय ३ औं सिन्दूरजात्रा गरिएको हो । साइत अनुसार दिउँसो ठीक पौने एकवजे भगवतीको रथ उठाइएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिए। नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्तिवाचन गरेर रथ यात्राको प्रारम्भ भएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी सहित नेपाली सेनाका कर्णेल लगायतले भगवती खटयात्राको अवलोकन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौधरीले भगवती जात्रा नेपाल र नेपालीको शीर उच्च पार्ने विरता र गौरवको पर्व भएको बताए ।

श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा गरिएको हो । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए ।

सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो ।

 

भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । भगवती मन्दिर परिसरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गरिएको हो ।

भगवती रथयात्रालाई भगवती जात्रा, खटयात्रा तथा सिन्दूरजात्रा समेत भन्ने गरिन्छ । वि।सं। १८७१।०७२ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए ।

कुमाउ–गडवाल , मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो ।

जात्रा अवलोकनको लागि राजधानी काठमाडौंसहित छिमेकी जिल्ला स्याङजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पर्वत लगायतका जिल्लाहरूबाट हजारौको संख्यामा दर्शकहरू आएका थिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0