दयाराज न्यौपाने
पाल्पा २२ भदौ नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा महिला बिभागद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।


संगठनले तिज पर्वकाे अवसर पारेर विद्यार्थी हरूलाई शैक्षिक सामाग्री बितरण गर्नु का साथै तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका हो ।
रैनादेवी आधारभुत बिधालय बौधापोखराथोकमा अध्यन गर्ने ४८ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हो ।


शैक्षिक सामाग्री बितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य राम प्रसाद ढकालले हरितालिका तीज काे शुभकामना ब्यक्त गर्दै संगठनले तिज विशेष पारेर विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरणले उनिहरूलाई प्राेत्साहन र राहत मिलेकाे बताउनु भयाे । संस्थाले संस्कृतिका नाममा फजुल खर्च गरेर पर्व मनाउने कार्य गर्नुको साटो यस्तै गरि जेहेन्दार र आर्थिक रुपमा बिपन्न बिद्यार्थीलाई निरन्तर राहत दिन सके हाम्रा सांस्कृति पर्व मान्नुकाे सार्थकता हुने बताउनुभयाे ।
संगठनका जिल्ला अध्यक्ष मोहन सापकोटाले संगठनले शिक्षा क्षेत्रको बिकास र प्रवर्द्धनमा टेवा पुग्ने खालको गतिविधिलाई निरन्तरता दिने अभियानको रुपमा विभिन्न क्रियाकलाप गरिएको बताउनु भयो ।

रैनादेवी आधारभुत बिधालयका प्रधानाध्यापक बसुन्धरा केसिले तिजकाे शुभकामना संगै संगठन लाई असल कामकाे लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला पदाधिकारीहरु , विद्यालयका शिक्षक अभिभावकहरूकाे उपस्थिति रहेकाे कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका उपाध्यक्ष तथा महिला बिभाग प्रमुख संगीता पाण्डेको अध्यक्षता र सह कोषाध्यक्ष हिमा पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0