पाल्पा भदौ – कृषि विकास निर्देशनालय बुटवलका सर्बोत्कृष्ट कर्मचारीको रुपमा दयाराम बस्याल छ्नोट हुनुभएको छ ।

निर्देशनालयले हरेक बर्ष प्रदान गर्ने सर्बोत्कृष्ट कर्मचारीको सम्मान बाट यो बर्ष अधिकृत स्तर छैठौ तहमा कार्यरत दायाराम बस्याललाई सम्मान गरेको हो ।

ब्यबसायिक र सिर्जनसिल प्रशासन, बिकास सम्ब्रिदी र शुशासन” भन्ने नाराका साथ २० औ निजामती कर्मचारी दिवसको अवसरमा निर्देशनालयले कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उत्त सम्मान प्रदान गरेको हो ।
निर्देशनालयका निमित्त प्रमुख राम पाण्डेले बस्याललाई दोसल्ला ओढाएर सम्मान सहित मायाको चिनो प्रमाणपत्रले प्रमाणपत्रले पुरस्कृत गर्नु भएको हो । सो अवसरमा बुटवल–१४ का किसान रामनाथ उपाध्याय र अन्य कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















