दयाराज न्यौपाने बराङ्दी भदौ २३ / हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा गाँउ तथा शहरहरु संगितमय हुन थालेका छन् ।

कतै प्रतियोगिता तथा कतै सास्कृतिक कार्यक्रमहरुको रौनक चलिरहेको छ । यसै बिच बगनासकाली गाउँपालिका ८ बराङ्दीमा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले तीज विशेष कार्यक्रम शनिबार बराङ्दीमा सम्पन्न गरेको छ ।

 

नेपाली महिलाहरुको महान पर्ब हरीतालीका तिजको अवसरपारी सहकारीका सदस्यहरुबीच आयोजना गरीएको प्रतियोगितामा सहकारीका नौ समुहको सहभागीता रहेको थियो ।

प्रतियोगितामा कालिका आमा समूह चापपानी प्रथम ,ढावखोला आमा समूह दोस्रो , बगनासदेबी आमा समूह चापपानी तेस्रो तथा घिमिरेडाडा महिला समुह बराङ्दी तेस्रो भए ।

प्रतियोगितामा पहिलो,दोस्रो,तेस्रो , सान्त्वना र सहभगिहरुलाई क्रमशः ३ हजार, २५ सय २ हजार र सहभागी समुहहरुलाई १ /१ हजार प्रदान गरियो ।

प्रतियोगितामा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले हिन्दु नेपाली नारिहरुको महान पर्व तिजले सामाजिक सद्भाव एकतामा बल पुगेको बताउदै सस्कृति जगेर्ना गर्नु हामी सबैको दायित्व रहेको बताउनु भएको थियो । तिजगीत प्रतियोगितामा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले मौलिकता र संस्कृतिको जगेर्नामा सहकारी र यस क्षेत्रमा नागरिकहरु भूमिकाको प्रसंसा जति गर्दा नि कमि हुने उल्लेख गर्नु भएको छ।

कार्यक्रममा बगनासकाली ९ चापपानीका वडा अध्यक्ष थानेश्वर तिमिल्सिनाले कार्यक्रम आयोजना गरेर पर्वलाइ बिशेष बनाउन सहयोग पुगेको उल्लेख गर्नु भएको थियो ।

सहकारीका सदस्यहरु बिच आपसी सद्भाव र सस्कृतिलाई जोगाइ राख्ने उद्देश्यले तिजगीत तथा दर खुवाउने कार्यक्रम आयोजना गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कृष्ण भुसालले बताउनु भयो प्रतियोगीहरुले ब्यावसायिक गरियो खुर्सानी र कुरिलो चिया पनि नखाइकन बादर कुरियो बादर लगाएत बन्यजन्तुले दिएको दुख तथा मौलिक रुपमा पुराना भाकाका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मौलिकतालाई बिशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक गोम बहादुर क्षेत्रीले जानकारी दिनु भयो।

सहकारी सदस्यहरु ,पत्रकार स्थानीय सरोकार वाला निकाए लगाएको उपस्तिथि रहेको कार्यक्रममा सस्थाका उपाध्यक्ष बिमला बश्यालको स्वागत मन्तव्य तथा सहकारीका सचीव कमलराज तिमिल्सिनाको संचालनमा तिजगीत प्रतियोगिता चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
0